३ आश्विन २०८१, बिहिबार | September 20, 2024

बँगलादेशमा हिन्दूमाथि आक्रमणको विरोधमा प्रदर्शन


2.7k
Shares

वीरगञ्ज, २४ साउन । बँगलादेशमा हिन्दू समुदायमाथि भइरहेको आक्रमणको विरोधमा प्रदर्शन भएको छ । बिहिबार वीरगञ्जमा हिन्दू समुदायले आक्रमणको विरोध गरेका हुन् ।

सयौंको संख्यामा निस्किएका युवाहरुले हिन्दूहरुमाथि आतंकवादी आक्रमण भएको भन्दै नाराबाजी समेत गरे । उनीहरुले हिन्दूमाथिको आक्रमण बन्द नगरे गम्भीर अवस्था आउने चेतावनी समेत दिए ।

बँगलादेशमा हिन्दूमाथि आक्रमणका घटना बढेका छन् । त्यहाँ हिंसात्मक दंगापछि शेख हसिनाको सरकार ढलेसँगै हिन्दूमाथि आक्रमण भइरहेका छन् । गम्भीर खालका भिडियो भाइरल भइरहेका छन् ।

प्रतिक्रिया