२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

त्रिशुलीमा हराएको बसहरु अझै भेटिएनन्


664
Shares

काठमाडौं, ११ साउन । त्रिशुलीमा पहिरोले बगाएर खसालेको यात्रुबसहरु दुई हप्ता बितिसक्दा पनि भेटिएका छैनन् । नेपाली सेना र सशस्त्र प्रहरीको टोली खोजी कार्यमा निरन्तर सक्रिय छन् । तर, शवहरु भेटिएपनि बसहरुको अवस्था अज्ञात छ । भारतबाट पनि गोताखोर आएर खोजी गरे । तर, बसहरु भेटिएका छैनन् ।

यात्रुबसहरुमा सवार ६५ मध्ये ३ यात्रु जिवितै निस्किए । ६२ यात्रुमध्ये आधाभन्दा बढी शव फेला परेको छैन । दुई हप्ता बितिसकेकाले शव भेटिने सम्भावना कम भएको छ ।
शव नभेटिएका परिवारहरु निराश बनेका छन् । बसहरुको स्थिति पनि अज्ञात भएपछि प्राविधिक कमजोरी देखिएको छ ।

प्रतिक्रिया