२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

ओलीको भारतसँग सम्बन्ध सुध्रिएको हो ?


415
Shares

काठमाडौं, ३ साउन । भारतसँगको महाकाली सन्धी संसदबाट पारित गराउन मुख्य भूमिका खेल्ने दुई पात्र हुन् शेरबहादुर देउवा र केपी शर्मा ओली । तत्कालीन प्रधानमन्त्री देउवाले भारत भ्रमण गर्दा २९ माघ २०५२ मा समकक्षी पी भी नरसिंह रावसँग महाकाली सन्धीमा हस्ताक्षर गरेका थिए । त्यसलाई संसदबाट पारित गराउन एमालेभित्र ठूलै विवाद थियो ।

४ असोज २०५३ मा संसदबाट दुई तिहाईले पारित भएको थियो महाकाली सन्धी । एमालेभित्र निकै विवाद चल्यो त्यो विषयले । ओलीको संयोजकत्वमा अध्ययन कमिटि बन्यो । ओलीले सन्धी पारित गर्नुपर्ने अडान लिए ।

एमालेभित्र महाकाली सन्धीबारे टुंगो लगाउन केन्द्रीय कमिटिबाट दुई पटक मतदान भयो । पहिलोपटक बराबर मत भएपछि दोस्रोपटकको मतदानमा वैकल्पिक केन्द्रीय कमिटि सदस्यको वरियतामा रहेका देवराज घिमिरेलाई ५ नम्बरबाट १ नम्बरमा ल्याएर मतदान गर्न लगाइयो । घिमिरेले पक्षमा मतदान गरे । उनी ओलीका विश्वासपात्र थिए ।

ओलीको भारतसँगको सम्बन्ध कति गहिरो थियो भन्ने देखिन्छ त्यतिबेला । तर, २०७२ सालमा भएको नाकाबन्दीपछि ओलीको भारतसँगको सम्बन्ध चीसो भयो । विशेषगरी ओलीको सत्तारुढ भारतीय जनता पार्टीसँग सम्बन्ध सहज रहेन । त्यो अहिलेपनि रहेको विश्लेषण भइरहेको छ ।

ओलीको अहिलेपनि भारतसँग सम्बन्ध सहज नभएको नेपालका लागि पूर्व भारतीय राजदूत रणजीत रेले लेखमार्फत् खुलाएका छन् । तर, ओली प्रधानमन्त्री बन्नुलाई भारतसँग सम्बन्ध विगतभन्दा सुधारिएको बुझाई धेरैको छ । तर, ओलीको भारतसँगको सम्बन्ध कस्तो रहेको छ भन्ने अबका दिनमा देखिदै जानेछ ।

यसपटक चीनको बीआरआई कार्यान्वयनको सम्झौता गर्न ठिक्क परेका प्रचण्ड सरकारलाई ओलीले नै ढाले । यसलाई अर्थपूर्ण मानिएको छ । उनले नेपाली काँग्रेससँग सम्बन्ध बनाएका छन् यसपटक । काँग्रेससँग भारत र पश्चिमा देशहरु सुमधुर सम्बन्ध राखेका छन् । यसले पनि ओली भारतसँग सम्बन्ध सुधार्न खोजिरहेको बुझ्न सकिन्छ । उनले संविधान संशोधनको पहल गर्ने गरी सन्देश दिइसकेका छन् । यसले पनि महत्वपूर्ण संकेतहरु ग्रिरहेको छ ।

प्रतिक्रिया