२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

त्रिशुलीमा खसेको बसको खोजी जारी, एक शव फेला पर्यो


2.7k
Shares

काठमाडौं, २९ असार । त्रिशुलीमा हराइरहेको दुईवटा बस र यात्रुको खोजी कार्य जारी राखिएको छ । शुक्रबार र शनिबार दिनभर खोज्दा पनि बस फेला नपरेपछि आइतबार पनि खोज गरिने भएको छ ।

त्रिशुलीमा नदीको सतह बाढीले निकै बढेकाले खोजी कार्य चुनौतीपूर्ण बनेको छ । बसको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सक्रिय रहे ।

चितवन नारायणगढ मुग्लिन सडकको सिमतालमा गएको पहिरोले तानेर बसलाई त्रिशुली नदीमा खसालेको थियो । केही यात्रु बाँच्न सफल भएपनि अधिकांश यात्रु वेपत्ता छन् ।

शनिबार नदी किनारमा घोप्टो परेको अवस्थामा एकजनाको शव फेला परेको छ । शव हराइरहेको यात्रुबसमध्ये एकको रहेको पुष्टि भएको छ ।

प्रतिक्रिया