३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

देउवा आरजुसहित ओली निवास किन पुगे


1.2k
Shares

काठमाडौं, १५ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवासहित शनिबार अपरान्ह नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोट पुगे । देउवा र ओलीबीच २ घन्टा राजनीतिक सम्भावना र लेनदेनका विषयमा गम्भीर कुराकानी भएको बुझिएको छ ।

प्रतिनिधि सभामा पहिलो ठूलो दल काँग्रेस र दोस्रो ठूलो दल एमालेका नेताले प्रचण्डको पछिल्लो कदम र रणनीतिक चालबारे पनि छलफल गरेको बुझिएको छ । काँग्रेस र एमालेको टकरावको फाइदा लिदै प्रचण्डले पाँच वर्ष सरकार चलाउने प्रयास गरिरहेको विषय आइरहँदा नेताहरुबीच भेट भएको हो ।

पछिल्लो समय प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्ने गरी विभिन्न कोणबाट प्रयास भइरहेको छ । देउवाले ओलीसँग राजनीतिक लेनदेनको प्रयास गरिरहेका छन् । काँग्रेसले पनि प्रचण्डलाई या त एमालेसँगको गठबन्धनबाट छुटाउने या एमालेलाई नै सत्ताको नेतृत्वमा बढाउने विकल्पमा रणनीति बनाएको छ ।

महत्वपूर्ण छलफलका लागि प्रायः देउवा पत्नी आरजुलाई साथ लाने गर्दछन् । बालकोटमा जाँदा उनले त्यसै गरे ।

प्रतिक्रिया