२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

जन्ममिति किर्तेकाण्डले भावी सेनापति सिग्देल समस्यामा


1.2k
Shares

काठमाडौं, १० असार । देशका कर्मचारी, सेना र प्रहरीको उच्च पदमा पुगेकाहरुको जन्ममिति किर्तेकाण्ड धमाधम बाहिरिइरहेको छ । आइजीपीको दौडमा रहेका अशोक सिंहले जन्ममिति किर्ते काण्डले राजीनामा दिनुपर्यो । ताराध्वज पाण्डे जन्ममिति किर्तेकाण्डले राजीनामा दिन वाध्य भए ।

सेनाले जन्ममिति किर्ते गर्नेहरुलाई विगतमा कारबाही पनि गरेको थियो । नक्कली प्रमाणपत्रधारीहरु त कति भेटिए । धेरैको जागिर गयो । तर, शक्तिको आँडमा कतिपय नागरिकतामा जन्ममिति किर्ते गर्नेहरु भने पदमै रहेको चर्चा छ ।

भावी सेनापतिका रुपमा हेरिएका तीन तारे जर्नेल अशोक सिग्देलको नागरिकता जन्ममिति किर्ते प्रकरण खुलेको छ । उनको जन्ममिति २०२१ चैत्र रहेकोमा केरमेर गरी २०२३ माघ १९ बनाइएको छ । त्रिविको मानविकि संकायमा सिग्देल र ताराध्वज पाण्डे दुवैले जन्ममिति केरमेर गरी सच्याएका हुन् ।

जन्ममिति केरेर सच्याइएकोमा सिग्देलको पुरानो नागरिकतामा २०२१ को जन्ममिति र पछि प्रतिलिपि लिने नाममा अर्को नागरिकता लिंदा २०२३ बनाइएको छ । सेनाको उच्च पदमा पुग्न योजनावद्ध तरिकाले यसो गरिएको पाइएको छ ।

सिग्देलको जन्ममिति प्रकरणबारे विभिन्न निकायमा उजूरी परेको छ । अख्तियारमा समेत उजूरी परेपछि रक्षा मन्त्रालयमा छानविनका लागि भनिएको छ ।

सिग्देलमाथिको उजूरी र प्रमाण

प्रतिक्रिया