६ मंसिर २०८१, बिहिबार | November 22, 2024

बँगलादेश पछि चीनमा विद्युत निर्यात गर्ने योजना सुनाए प्रधानमन्त्री प्रचण्डले


498
Shares

काठमाडौं, ३२ जेठ । प्रधानमन्त्री प्रचण्डले बँगलादेशलाई ४० मेगावाट विद्युत निर्यात गर्ने गरी त्रिदेशीय सम्झौता हुन लागेको बताएका छन् । हेटौंडामा सवस्टेशन उद्घाटनमा बोल्दै उनले उक्त सम्झौतापछि विद्युत निर्यात हुने समेत बताए ।

बँगलादेशलाई ४० मेगावाट विद्युत निर्यातका लागि नेपाल, भारत र बँगलादेशका निकायबीच सम्झौता हुन लागेको समेत बताए । उनले भने, त्यो दिन महत्वको दिन हुनेछ ।

पञ्चेश्वरलगायत कैयन महत्वपूर्ण विषयमा पनि भारत भ्रमणमा कुरा गरेको खुलासा गरे । सीमा समस्या समाधानका लागि पनि छलफल भएको प्रचण्डको भनाई थियो ।

प्रचण्डले नेपालको समृद्धिको यात्रामा रणनीतिक महत्वका बुढीगण्डकी आयोजनालगायतमा लगानी व्यवस्थापनमा सक्रियता भइरहेको समेत बताए ।

प्रतिक्रिया