१० मंसिर २०८१, सोमबार | November 25, 2024

सडक खनेर जनतालाई दुःख दिने ललितपुरका पालिकाहरुलाई सडक डिभिजनद्वारा कारबाहीको चेतावनी


2.4k
Shares

काठमाडौं, १७ जेठ । सडक खनेर जनतालाई दुःख दिइरहेका ललितपुरका पालिकालगायत विभिन्न निकायलाई सडक डिभिजन कार्यालयले कारबाहीको चेतावनी दिएको छ ।

१७ जेठमा सडक डिभिजन ललितपुरले ध्यानाकर्षणसहितको सूचना जारी गर्दै विना अनुमति सडक खन्ने र खनेर पनि पुनस्थापना नगर्ने पालिकाका अलावा विभिन्न निकायलाई कारबाहीको चेतावनी दिएको हो ।

सडक डिभिजन ललितपुरका प्रमुख मुकुन्दराज अधिकारीले हस्ताक्षर गरेको पत्रमा विभिन्न सडकमा स्वीकृति विना सडक खन्ने कार्य गरेको भन्दै कारबाहीको प्रक्रिया बढाइने चेतावनी दिइएको हो ।

सडक डिभिजन ललितपुरका सूचना अधिकारी रिकेश महर्जनले विभिन्न सडकहरु खन्दा अनुमति नलिएको र समयमै पुनस्थापना नगरेकाले कारबाही बढाइएको बताए ।

सिद्धिपुर विष्णुडोल शंखादेवी सडक खण्डबारे पनि खनिएको जानकारी प्राप्त भएको बताए । उनले आफूहरुसँग उक्त सडक खन्न अनुमति नलिएको र प्रदेश अन्तर्गत सडक राखिएको सम्म जानकारी आएको बताए ।

ढल खन्ने नाममा जनतालाई दुःख दिने नियतले सिद्धिपुर विष्णुडोल शंखादेवी सडक खण्डमा लामो समययता यातायात अवरुद्ध छ । विष्णुडोल जाने लुभुतर्फको सडक खण्डमा पनि ढल खनेर बिगारिएको छ । ढल खन्दा अनुमति नलिई बलजफ्ती गरिएको समेत बुझिएको छ ।

यसैगरी, ढल नदी या खोलामा मिसाउँदा जिम्मेवार निकायलाई समेत जानकारी दिइएको छैन ।

प्रतिक्रिया