७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

प्रचण्डलाई क कस्ले दिए विश्वासको मत


1.1k
Shares

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । सोमबार प्रचण्डले १५७ जना सांसदबाट विश्वासको मत पाएका हुन् । यो स्पष्ट बहुमत हो ।

प्रचण्डलाई सरकारमा रहेका दलमध्ये नेकपा एमालेको ७७, नेकपा माओवादी केन्द्रको ३२, रास्वपाको २१, नेकपा एसको १०, अशोक राई नेतृत्वको जसपाको ७ गरी १४७ मत गयो । त्यसबाहेक जसपा नेपालको ५, नागरिक उन्मुक्ति पार्टीका केही सांसद र स्वतन्त्र सांसदले मत दिए ।

विपक्षमा रहेका काँग्रेका ८८, राप्रपाको १४, नेमकिपा र राष्ट्रिय जनमोर्चाका सांसद मतदानमा सहभागी भएनन् । १ १ मत छ । जनमत पाटी र लोसपा पनि मतदानमा सहभागी भएन ।

प्रचण्डले डेढ वर्ष प्रधानमन्त्री बनेयता चौंथोपटक विश्वासको मत लिएका हुन् ।

प्रतिक्रिया