२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

जसपा विभाजन गर्ने समूहलाई पहिलो गाँसमै ढुंगा, अब के होला ?


1.1k
Shares

काठमाडौं, २४ वैशाख । जनता समाजवादी पार्टी विभाजन गरी निर्वाचन आयोगमा नया दल दर्ताको निवेदन दिएको अशोक राई समूहलाई धक्का लागेको छ । विभाजन गर्ने समूहमा नाम उल्लेख गरिएका वन राज्यमन्त्री दिपक कार्कीले आफू उपेन्द्र यादव नेतृत्वको संस्थापन पक्षमै रहेको स्पष्ट पारेका छन् ।

कार्कीको सचिवालय विज्ञप्ति जारी गरी आफू विभाजनको विपक्षमा रहेको सोमबार उल्लेख गरेका छन् । योसँगै अब विभाजन गर्ने समूहमा संख्या घटेर ६ मा सिमित भएको छ ।

अर्कोतर्फ, दल विभाजनसम्बन्धी अध्यादेश विगतमा नै खारेज भइसकेको छ । संसदको अधिवेशन आव्हान पनि भइसकेको अवस्था छ । यस अवस्थामा नयाँ अध्यादेश पनि जारी गर्न मिल्दैन । जसपा विभाजन गर्न यसकारण पनि नमिल्ने तर्क उपेन्द्र यादव पक्षधर प्रवक्ता मनिष सुमनले विज्ञप्तिमार्फत् उल्लेख गरेका छन् ।

राष्ट्रिय सभाका सासद समेत जोड्ने हो भने अशोक राई पक्षधरलाई पार्टी विभाजन गर्न आवश्यक संख्या पुग्दैन । अर्कोतर्फ, केन्द्रीय कार्यसमितिमा पनि संख्या नपुग्न सक्छ ।

जसपा विभाजनले औपचारिक रुप लिन कठिन छ । यद्यपि, जसपा विभाजन गर्ने अशोक राई, वीरेन्द्र महतो, प्रदीप यादव, नवलकिशोर साहलगायतको सांसद पद के हुने भन्ने विषय महत्वपूर्ण बनेको छ ।

प्रतिक्रिया