१० मंसिर २०८१, सोमबार | November 25, 2024

आइटी माफियाको कब्जामा देश, अख्तियारले डामेका मधु मरासिनीलाई अर्थसचिव


3.5k
Shares

काठमाडौं, १० वैशाख । देशमा ‘चोरलाई चौतारा साधुलाई सुली’ चलिआएको छ । अनि त जति चिच्याएपनि देश बन्दैन । यस्तै भएको छ अख्तियारले डामेका मधु मरासिनीलाई विशेष अदालतले धोइदिएपछि । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेका मरासिनीले सफाई पाएलगत्तै अर्थ सचिवमा सरुवा भएको छ ।

विशेष अदालतबाट चुट्कीको भरमा सफाई पाउँदै भन्दै हिंडेका थिए मरासिनी । आखिर त्यस्तै भएको छ । उनले सफाई पाएलगत्तै अर्थसचिवमा सरुवा पाएका छन् क्याबिनेटको निर्णयबाट ।

सरकारको महत्वपूर्ण निकायमा आइटी माफियाको जञ्जालको प्रभाव रहेका बेलामा तिनकै मान्छेहरुले महत्वपूर्ण जिम्मेवारी पाइरहेका छन् । मुख्यसचिव बैकुण्ठ अर्याल दर्जनभन्दा बढी आइटी सम्बन्धी घोटालामा मुछिएका छन् । एनसेल कर छली माफियाका विश्वासपात्र भूपेन्द्र भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाइएको छ ।

देशमा यतिबेला सरकारको महत्वपूर्ण निकायमा देशको आकाशमाथि घात गर्नेहरुको हालीमुहाली चलेको छ । उनकै मान्छेहरु महत्वपूर्ण पदमा पुगिरहेका छन् । सरकारमा रहेकाहरु उनीहरुबाट प्रभावित छन् या निरिह भएका छन् ।

मरासिनीले विशेष अदालतबाट मुद्दा सेटिङमा मिलाउँछु भन्दै हिंडको विषय नेपाली पेनले यसअघि नै खुलासा गरेको थियो । हेर्नुहोस् यो समाचार

द्रव्यमोहमा परेर मधु मरासिनीले के के गरेछन्

प्रतिक्रिया