७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

भट्टराई यसकारण प्रचण्डसँग असन्तुष्ट


1.5k
Shares

काठमाडौं, ९ वैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०७९ को चुनावमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ठूलै गुन लगाएका छन् । गोरखाबाट भट्टराईले जित्दै आएको क्षेत्रमा प्रचण्डलाई छाडिदिए । उक्त चुनावी क्षेत्रबाट जितेर प्रचण्ड प्रधानमन्त्री भए ।

कुनैबेला माओवादी सशस्त्र गतिविधि गर्दा प्रचण्ड र बाबुराम सहकर्मी थिए । शक्ति संघर्षका क्रममा अलग भए । फेरि नजिकिए ।

प्रचण्डसँग बाबुरामको फेरि दूरी बढेको छ । यसको कारण हो बाबुरामको राष्ट्रपतिको दाबी प्रचण्डले पूरा नगर्नु । बाबुराम पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउने प्रयास पनि चलेको थियो । तर, प्रचण्ड तयार भएनन् । यसकारण पनि असन्तुष्टि बढ्यो ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले बाबुरामको असन्तुष्टि राष्ट्रपति नपाउनु र पत्नीलाई उपराष्ट्रपति बनाउन नसक्नु रहेको बताएका छन् ।

बाबुरामले पनि प्रचण्डको खुलेर आलोचना गरिरहेका छन् । यो सरकार असफल भइसकेको उनको भनाई छ ।

प्रचण्ड र बाबुराम एक अर्काप्रति यसरी नै असन्तुष्टि पोखिरहेका छन् ।

प्रतिक्रिया