६ आश्विन २०८१, आइतबार | September 22, 2024

घोडेजात्रा मनाइँदै


1.4k
Shares

काठमाडौं, २६ चैत्र । आज घोडेजात्रा । काठमाडौं उपत्यकामा सार्वजनिक बिदा रहेको छ । परम्परागत घोडेजात्रामा नेपाली सेनाले विशेष कार्यक्रम आयोजना गर्दै आएको छ ।

चैत्र कृष्ण औंसी तिथिमा मनाइने घोडेजात्राबारे पौराणिक मान्यता छ । टुंडिखेलको पूर्व दक्षिणमा रहेको रुखमा बास गर्ने गुरुमापा रक्षसले पौराणिक कालमा सहरका बालबालिकालाई खाने गरेकाले प्रेतात्मा फेरि जागेर हानी गर्न सक्ने कारण घोडेजात्रा गरी घोडा कुदाउने प्रचलन रहेको छ ।

घोडाको प्रेतात्मालाई घोडाको टापले कुल्चने मान्यता रहेको छ । आज लुकुवा महादेव वा पिशाचेश्वर महादेवको पूजाअर्चना गर्ने परम्परा छ ।

प्रतिक्रिया