भारतको चुनावमा के हुँदैछ
विपिन देवः सन् २०२४ लाई चुनावी वर्ष भन्न सकिन्छ । संसारको ६४ वटा मुलुकहरूले चुनावी प्रक्रियाद्वारा जन अभिमत प्राप्त गर्दैछ । प्रजातान्त्रिक पद्धतिमा चुनाव उत्सव, उल्लास र अवसरको घडी हो भन्ने अधिनायकवादी पद्धतिमा चुनाव एउटा कर्मकाण्ड मात्र हो । सन् २०२४ मा भारतीय चुनावी प्रक्रियालाई महाकुम्भको रूपमा नै चित्रित गर्न सकिन्छ । सन् २०२४ अप्रिलदेखि जुन ४ सम्म हुन गइरहेको उक्त चुनावमा ९७ करोड मतदाता हुनेछ । यी मतदाताहरूको लागि १० लाख भन्दा बढी मतदान केन्द्र निर्धारण गरिएको । ५० को दशकमा माक्र्सवाद, समाजवाद, क्षेत्रीयता र भाषाले चूनावी भाष्य निर्धारण गर्ने गरेको थियो ।
६० को दशकमा राष्ट्रवादले चुनावी भाष्य लियो । सन् १९६२ मा चीनसंग पराजीत हुनु र सन् १९६५ मा पाकिस्तानलाई पराजय गर्नु जस्ता मुद्दाहरूको चुनावमा गहिरो प्रभाव देखिन्थ्यो । वर्तमान परिवेशमा चुनावी विर्मशमा राजनैतिक प्रस्तावनाले कुनै खास महत्व राखेको देखिदैन । सूचना प्रविधिद्वारा शिक्षित नेताहरू साम्यवाद र समाजजवादको दृष्टान्त र उदाहरणहरू आफ्नो व्याख्यान र अभिभाषणमा दिने गरेको छैन । अर्थात् सन् २०२४ को भारतीय चूनावी भाष्यामा आर्थिक विकास, भारतको अन्तर्राष्ट्रिय छवि, लोककल्याणकारी योजना जस्ता मुद्दाहरू चुनावी भाष्य रहेको छ । यी मुद्दाहरूको सेरोफेरोमा भारतीय परराष्ट्र नीतिको सफलता एक महत्वपूर्ण विषय रहेको छ ।
विगतका दिनमा परराष्ट्र नीति अङ्ग्रेजी भाषी र उ‘च्च मध्यमवर्गीय मतदाताको अभिरूचीको विषय थियो । परराष्ट्र नीतिको वहसलाई वौद्धिक विलाशको रूपमा व्याख्या गरिन्थ्यो । तर भूमंडलीकरण र खुला बजारको प्रभावले गर्दा परराष्ट्रनीतिको सम्बन्ध जनजनसंग जोडिएको छ । भारतीय जनता पार्टीले आफ्ना सरकारमा परराष्ट्र नीतिमान प्राप्त सफलतालाई पू‘जीकृत गर्न चूनावी संग्राममा होमिएका छन् । भारतीय जनता पार्टीले परराष्ट्र नीतिको प्रमुख सफलताको रूपमा आपतकालीन समयमा विश्व भरमा रहेका भारतीयहरूलाई विपको समय सकुशल उदार गर्नुलाई आफ्नो कूटनीतिक सफलताको फेहिरस्त बखान गरिरहेका छन् । अर्थात् कोरोनाका कहरमा “वन्दे भारत” कार्यक्रम अन्तर्गत ७० लाख भारतीयलाई विश्वको कुना(कुनावाट भारत भित्रायाउनुलाई वडो सफलताको रूपमा चित्रित गरिदैछ । अफगानिस्तानमा अपरेशन देवी शक्तिद्वारा भारतीयहरूलाई अफगानिस्तानवाट अवतरित गराउन सफल गराउनुलाई ठुलो सफलताको रूपमा चूनचावी मुद्दा बनाइएको छ ।
अपेरशन अजयको माध्यमबाट इजरायलवाट भारतेलीहरू मुक्त गरेर भारत ल्याउनु र अपरेशन काबेरीवाट सुडानमा फसेका भारतेलीहरूलाई मुक्त गराउनुलाई पराराष्ट्र नीतिको सफलताको रूपमा लिइन्छ । यी राहत कार्यहरू वाहेक अपरेशन गंगालाई संसारको सबै महत्वपूर्ण सञ्चारगृहहरूले यथेष्ठ ठाउ‘ दिएका थिए । अर्थात् रसियाले युक्रेनमा आर्कषण गर्दा २२ हजार भन्दा अधिक भारतीय विद्यार्थीहरू युक्रेनमा विभिन्न विद्यापिठहरूमा अध्ययन गरिरहेका थिए । अति संकटपूर्ण अवस्थामा मोदी सरकारमा ४ क्याबिनेट स्तरमा मन्त्रीहरू समेत परिचालित हु‘दै सम्पूर्ण विद्यार्थीहरू युक्रेनवाट भारत ल्याउन सफल हुनुलाई मोदी सरकारको परराष्ट्रनीतिको मुख्य सफलताहरू मध्ये एक सफलताको रूपमा रेखाङ्कन गर्न सकिन्छ ।
भाजपाले यी सबै राहतका कार्यक्रामहरूवाट सरकारले जनता प्रतिको दायित्व निर्वाह गरेको कुरा चूनावी समारोहमा प्रचार-प्रसार गरेका छन् । मोदी सरकारको परराष्ट्रनीतिको प्रमुख सफलताको रूपमा भारत अमेरिकी सम्बन्धलाई समेत व्याख्या गरिन्छ । सन् २०१४ देखि सन् २०२४ सम्मा अमेरिकामा ओभामा, ट्रम्प र वाइडेन राष्ट्रपति रहेको छन् । तीनै राष्ट्रपतिहरूको भारत भ्रमण हुनु र हरेक राष्ट्रपतिले भारतसँगको सम्बन्धलाई विशेष महत्व दिनुलाई परराष्ट्रनीतिको सफलताको रूपमा लिन सकिन्छ । विगतका दशकमा यी राष्ट्रपतिहरूको नीतिले नै गर्दा अमेरिका भारतको सबैभन्दा ठुलो व्यापारिक साझेदारी हुन सफल भएको छ । खास गरेर वेका र कमभाषा जस्ता सम्झौताबाट उच्च स्तरको हतियार उपकरण भारतलाई उपलब्ध गराउन अमेरिकाले मार्ग प्रशस्त गरेको छ । परराष्ट्र नीतिको महत्वपूर्ण सफलताको रूपमा समृद्ध मुलुकहरूसंगको सामिप्यतालाई समेत लिन सकिन्छ । संसारका समृद्ध मुलुकहरू जापान, दक्षिण कोरीया, अष्ट्रेलीया, युरोपेली युनियन, साउदी अरेबिया जस्ता मुलुकहरूसंग भारतको संघन सम्बन्ध रहेको छ ।
कोरोनाको कहरका विशवको लागि औषधालयको रूपमा पहिचान बनाएर १०० भन्दा अधिक मुलुकहरूलाई कोरोनाको खोप उपलब्ध गराउन सक्नुलाई समेत वि.जे.पी.ले सरकारको सार्मथ्य र पौरखको रूपमा व्याख्या गरेका छन् । संसारका ७० वटा मुलुकहरूमा ७०० भन्दा अधिक उच्च स्तरीय योजना परिचालन गर्नु जस्ता उदाहरणबाट भारतको नयॉ पहिचान स्थापित कुरा मतदाता माझमा चूनावी कार्यक्रमद्वारा सूचित गरिदै छ । साथ साथै सन् २०१६ देखि भारतले अन्तर्राष्ट्रिय मञ्चमा नयॉ भाष्य स्थापना गरेको कुरा समेत जिकिर गरेको देखिन्छ । सन् २०१६ देखि नै रायसीना सम्वादको माध्यबाट संसारको सबभन्दा ठुलो शास्त्रार्थ आयोजना भारतले गर्दै आएको छ । संसारको हरेक महत्वपूर्ण मुद्दाहरूमा गन्थन र मन्थन हुने उक्त कार्यक्रमले वौद्धिक वहसद्वारा संसारको हरेक मौलिक मुद्दाहरूको चिरफार गर्दै आएको छ ।
रायसीना सम्वादलाई वौद्धिक महाकुम्भ पनि भन्न सकिन्छ । मोदी सरकारको परराष्ट्र नीतिको महत्वपूर्ण सफलताको रूपमा जी ट्वान्टीको अनुष्ठानलाई समेत लिन सकिन्छ । जी ट्वान्टीको छाता मुनी २०० कार्यक्रमको आयोजनाद्वारा भारतको ६० वटा शहरहरूमा कार्यक्रम सञ्चालन गर्नुलाई परराष्ट्र नीतिलाई जनजनसम्म जोड्नु हो । जी ट्वान्टी सम्मेलनमा दक्षिण जोलाद्ध (ग्लोवल साउथ)को भावनालाई ध्वनित गर्नुलाई समेत परराष्ट्र नीतिको सफलताको रूपमा व्याख्या गर्न सकिन्छ । जी ट्वान्टीको सन्ध्यामा संसारमा १२५ वटा मुलुकहरूसंग सम्वाद गरेर उनीहरूको भावनालाई जी ट्वान्टीमा समावेश गर्नुलाई मोदी सरकारले आफ्नो सफलताको रूपमा व्याख्या गरेको देखिन्छ ।
बङ्गलादेशसंग सीमा विवाद समाधान गर्नु र श्रलिङ्कालाई ४ दशमलव ५ विलियन वित्तिय सहयोगबाट आर्थिक दिवालीयापनको संघारबाट जोगाउनुलाई छिमेकी प्रतिको दायित्वको रूपमा व्याख्या गरिएको छ । तर मोदी सरकारको सफलतालाई विपक्षीहरूले प्रश्नको घेरामा राखेका छन् । चीनिया राष्ट्रपति सीसंग मोदीको २० पटक भेट भए तापनि तनाव शिथिलीकरण गर्न नसक्नुलाई असफलताको संज्ञा विपक्षीले दिएको छ । न्युक्लियर सप्पलाई ग्रुपमा सदस्यता नपाउनु, सार्क, विमस्टेक, र असंलग्न राष्ट्रहरू मञ्चलाई असाहय बनाउनुलाई मोदीको कमाजोरीको रूपमा विपक्षले व्याख्या गरेको देखिन्छ । जे भए पनि लोकतान्त्रीक पद्धतिमा परारष्ट्र नीति चुनावी भाष्य हुनुलाई एउटा नौलो प्रयोगको रूपमा लिन सकिन्छ ।