संसदमा धर्मनीरपेक्षताको कुरा
काठमाडौं, २९ फागुन । प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने क्रममा कतिपय दलका सांसदहरुले धर्मनीरपेक्ष अहिलेको संविधानको पिलर भन्दै जोगाउनुपर्नेमा जोड दिए । स्वतन्त्र सांसद अमरेश सिंहले संविधानको चार पिलरमध्ये धर्मनीरपेक्ष एक भएकाले यसलाई ढाल्न खोजिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले पनि धर्मनीरपेक्ष समाप्त पार्न खोजिएको भने । उनले यसमा प्रतिवद्ध हुन भन्दै नेपाली काँग्रेसलाई संविधान विपरित जान खोजेको आरोप लगाए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि धर्मनीरपेक्षको पक्षमा बोले ।
पछिल्लो समय धर्मनीरपेक्षको बचाऊमा कम्युनिस्ट नेताहरु लागेका छन् । तर, देशमा धर्मनीरपेक्षका नाममा धर्मान्तरण बढिरहेको तथ्यहरु आइरहेका छन् । यसलाई कम्युनिस्ट पार्टीभित्र धर्मनीरपेक्षका नाममा धर्मान्तरणको अभियान चलाउने घुसपैठ बढेको विश्लेषण पनि भइरहेको छ ।