इरानमा पनि राजावादी सक्रिय
एजेन्सी, २६ फागुन । राजतन्त्र समाप्त भएपछि पनि राजावादीहरु सक्रिय हुँदै आएका छन् नेपालमा । तर, राजतन्त्र समाप्त भएको अन्य देशमा पनि राजावादी सक्रिय हुन थालेका छन् ।
यो घटना इरानको हो । इस्लामिक क्रान्तिबाट राजा हटाइएको इरानमा अहिले राजावादी सक्रिय हुन थालेका छन् । तर, त्यहाँका राजावादीको गतिविधि भने गजबको छ ।
इजरायलले गाजामा हमला गरेपछि विश्वभर त्यसको विरोध भइरहेको छ । तर, इरानका राजावादीहरु भने इजरायलको समर्थनमा उभिएका छन् । इजरायल समर्थको रयालीमा इरानको पुरानो झण्डा फहरिएको छ । उनीहरुले इरानका नेता बेन्जामिन नेतान्याहुको प्रशंशा गरेका छन् ।
इरानका अन्तिम राजा रेजा पल्लवीको सक्रियता इरानबाहिर रहँदै आएको छ । उनको इजरायली उच्च अधिकारीहरुसँग भेटघाट हुने गरेको छ ।
रेजा पल्लवी मोहम्मद रेजा पल्लवीका छोरा हुन् । सन् १९७९ मा इस्लामिक क्रान्ति हुँदा पल्लवी देश छाडेर भागेका थिए ।