जवाफदेहिताबाट नपन्छिएर पार्टीको नियमित महाधिवेशनमा जुट्नुपर्छ : कुन्दन काफ्ले
नियमित महाधिवेशनका पक्षमा
१। नेपली काँग्रेस अहिले नियमित महाधिवेशनको सम्मुखमा छ । सामान्य अवस्थामा पनि हामीले विधानको व्यावस्था बमोजिम नियमित अधिवेशन गर्दै आएका छौं । अहिले देशको राजनीति जटिल परिस्थितिबाट गुज्रेको छ । पार्टीका सभापति नै आक्रमणको निशानामा परेको स्थिति छ । यो राजनीतिक मोडलाई गम्भीरतापूर्वक विचरेर महाधिवेशनसँगै पार्टी भित्र सैद्धान्तिक र व्यावहारिक सिंहावलोकन र समीक्षा गर्नै पर्ने अवस्था सृजना भएको छ ।
२। नेपली काँग्रेस मास बेस पार्टी भएका कारण पनि यसले आफ्नो घोषित विधान बमोजिम र राष्ट्रिय राजनीतिक परिस्थितिको मूल्यांकन गरेर आफूलाई अगाडि बढाउनु पर्ने हुन्छ । नेपालको जिम्मेवार, पुरानो र ऐतिहासिक लोकतान्त्रिक पार्टी हुनुका नाताले जनताका लोकतान्त्रिक मूल्य र आधारभूत हकको रक्षार्थ आफूलाई सदैव उभ्याउनु पर्दछ । यो दायित्वबाट विचलित भएमा पार्टी अस्तित्व नै समाप्त हुन्छ । हामी यस विषयमा गम्भीर छौं, यसकै निम्ति हज्जारौं मानिसहरुबाट भएको त्याग र समर्पणले यो पार्टी जीवन्त छ ।
३। पार्टीलाई निर्धारित विधि र पद्धतिबाट चलाउने हाम्रो परम्परा छ । हालका दिनमा आन्तरिक लोकतान्त्रिक अभ्यासद्वारा आन्तरिक प्रतिस्पर्धालाई संस्थागत गर्ने परिपाटी पनि बसाएका छौं र यस्तो अभ्यासको वकालत पनि गर्दै आएका छौं । तर लोकप्रिय भनिएका र आन्तरिक लोकतान्त्रिक अभ्यासको पक्षधर भनिएकाहरू पार्टी पदाधिकारी बनेर आएपछि भने पार्टीका महत्त्वपूर्ण भ्रातृ संस्थाहरू वर्षौंदेखि अधिवेशन विहीन बन्नमात्रै पुगेनन् पदाधिकारी बीचकै भागवण्डाको अखडा बन्न पुगेका छन् र त्यहाँ आन्तरिक लोकतान्त्रिक अभ्यास अवरुद्ध पारिएका छन् । पार्टीमा भने सदस्यता वितरणदेखि तल्लो तहको अधिवेशन तयारी गराउने वैधानिक जिम्मेवारीमा रहेका महामन्त्रीहरु स्वयंले नियमित र वैधानिक प्रक्रिया अबरुद्ध गरी विशेष महाधिवेशनको उर्दी जारी गरेको पाइएको छ । वहाँहरुको पदीय टि ओ आर प्रतिको जवाफदेहिताबाट भागेर यस्तो उद्यम गर्दा आम कार्यकर्ताले वहाँहरूलाई प्रश्न गर्न नपाइने तर वहाँहरू हरेक भागवण्डामा भाग खाएर प्रश्न गरिरहने रु महाधिवेशन सम्बन्धमा वहाँहरुलाई नै हो जिज्ञासा राख्ने र जबाफ खोज्ने, यसबाट भागेर अरूमाथि दोष थोपरेर उम्कन मिल्दैन । यसबाट नियतमाथि प्रश्न उठाउने ठाउँ तयार हुन्छ ।
४। पार्टी नेतृत्वबाट नै जवाफदेहिता खोज्ने हो, भाँणभैलो होइन । पार्टी सञ्चालनका क्रममा पदाधिकारीबाट भएगरेका कमीकमजोरी बारे सिङ्गो केन्द्रीय समितिमा समीक्षा हुनुपर्दछ । महाधिवेशन जस्तो पार्टीको विशुद्ध आन्तरिक विषय र पार्टी सदस्यहरूको महान् उत्सवलाई छलछाम गरेर अफिस नै प्रयोग गरी कार्यकर्ता विभाजित गर्ने काम किमार्थ स्वीकार्य हुँदैन । अतः चौधौं महाधिवेशनको आदेश बमोजिम सबै पदाधिकारीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्दछ ।
५। पार्टीका वडा, गाउँ, नगर, जिल्ला, प्रदेश तहका अधिवेशनहरू भव्यतापूर्वक सम्पन्न गरी प्रक्रियासम्मत महाधिवेसन हुनुपर्दछ । जेन जी जस्ता नयाँ पुस्ताका जागरुक युवाहरूलाई समेत हामीले त्यसमा सहभागी गराउन सक्छौं र पार्टीलाई आम युवाको भरोसाको केन्द्र बनाउने अवसर प्राप्त गर्न सक्दछौं । प्रत्येक पर्टीसदस्यको अधिकार हो कि उ सम्बन्धित तहको अधिवेशनमा सहभागी हुने, यसबाट वञ्चित गरेर पार्टीको सत्ता र स्वार्थको स्वाद पाएकाहरूको इगो साँध्ने थलो महाधिवेशन होइन । त्यसैले विशेष अधिवेशनका नाममा आम पार्टीसदस्यहरू माथि रचिएको षडयन्त्र र प्रपञ्चबाट सबै चनाखो बनौं । पार्टीको घोषित सिद्धान्तप्रति प्रतिवद्ध पार्टीका आधारशिला तल्लो तहका साथीहरूको बेवास्ताले भुइफुट्टा जन्माउँछ, यो त जननायक बीपी कोइरालाले नै भन्नुभएको छ । जनताको आक्रोशले यो त संकेत गर्दैन रु त्यसैले लोकतन्त्रमा लोकमर्यादाको ख्याल गरौँ । बिधि, प्रक्रियासँगै जनभावनाको कदर गर्दै जवाफदेहिताबाट नपन्छिएर पार्टीको नियमित महाधिवेशनमा जुटौँ । जय नेपाल १
नेता ,नेपाली कांग्रेस


