कसरी जुट्यो बञ्चरेडाँडामा फोहोर फाल्ने सहमति ?
काठमाडौं,१६ कात्तिक । बञ्चरेडाँडामा फोहोर फाल्न सहमति जुटेको छ ।
सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएसँगै काठमाडौं उपत्यकाको फोहोर फाल्न दिन स्थानीयहरु सहमत भएका हुन् ।
उपत्यकाको फोहोर बिसर्जन गर्न स्थानीयले ४ दिनदेखि रोकेका थिए । काठमाडौं महानगरपालिकाले सूचना जारी गरी फोहोर घर बाहिर ननिकाल्न महानगरबासीलाई भनेको थियो । शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालाको छलफल आयोजना गरिए पनि निष्कर्षविहीन भएको थियो ।
त्यसपछि समस्या समाधानका लागि भन्दै मन्त्री घिसिङ आइतबार बिहान बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेर प्रतिबद्धता जनाएका थिए ।


