१२ कार्तिक २०८२, बुधबार | October 29, 2025

भारत–अफगानिस्तानबीच रोचक समिकरण


October 29, 2025
249
Shares
विपिन देव: भारत र अफगानिस्तानबीचको सम्बन्ध उत्तारचढाबले भरिएको छ । सभ्यता र संस्कृतिले जोडिएको यो सम्बन्धको बारेमा साहित्यमा समेत रोचक चर्चा पाइन्छ । रविन्द्र नाथ ठाकुरद्वारा लिखित कथा काबलीवाला यसको प्रतिनिधि उदाहरण हो । ब्रिटिस साम्राज्य बाहेक हरेक तानाशाहले अफगानिस्तानको भूमी हुंदै नै भारतमा आक्रमण गरेको पाइन्छ । अफगानिस्तानका लाडाका मोहम्द गजनीले नै सोमनाथको स्वर्ण मन्दिरमा आक्रमण गरेको तथ्य इतिहासको पानामा रहेको छ । विधिको बिडम्बनाको रूपमा भन्न सकिन्छ कि विरहरूको भूमी अफगानिस्तान जहिले पनि साम्राज्यवाद र उपनिवेशवादसंग लड्दै आएको छ ।
सत्तरी र असीको दशकमा अफगानिस्तान सोभियत संघको कब्जामा रहेको थियो । सन् २००१ देखि २०२० सम्म अमेरिकी सैनिक दबदबामा । सोभियत संघ र अमेरिकी नीतिले गर्दा अफगानिस्तान रूपान्तरित भएन । इश्लामीकरणको नाममा समाज पछौटेपनको शिकार हुन गयो । इश्लामीकरणको नाममा सरियत कानुनको माध्यमबाट समाज आधुनिक शिक्षाबाट बिमुख हुंदै गए । आफगानिस्तान लागूपर्दाथ, आतंकवाद, हातहतियारको ओसार पोसारको क्रिडास्थल हुँंदै गयो । सन् १९४७ सम्म अफगानिस्तान र भारतको सीमामा जोडिएको थियो । भारत विभाजन पश्चात अफगानिस्तानको सीमा पाकिस्तानसँग जोडियो ।
सोभियत संघ र अमेरिकी नीतिले गर्दा पाकिस्तानको प्रभाव र पकड इतिहासको केही कालखण्डमा अफगानिस्तानमा चुलिएको थियो । तर पाकिस्तान र अफगानिस्तान बीच सन् १९४७ देखि नै सीमा विवाद बढ्दै आएको छ । ब्रिटिस साम्राज्यद्वारा तोकिएको सीमा डुयरन लाइन अफगानिस्तानलाई मान्य रहेको छैन । सन् १८९२ मा स्थापित गरिएको डुयरन लाइनलाई अफगानिस्तानका हरेक शासकले विरोध गर्दै आएको छ । इण्डस नदीको वारी र पारी प्सतुन (पठान) भूमी भएकोले गर्दा यो सम्पूर्ण भूमी नै अफगानीस्तान को हो भने अफगानीस्तानी शासकहरूको दाबी रहेको छ । अफगानिस्तानमा पस्तुनको पकड बलियो रहेको छ । हुनत पाकिस्तानमा हाजारा र उजवेग समुदायको संख्या समेत उल्लेख्य रहेको छ । सन् १९५३ देखि सन् १९६३ सम्म अफगानीस्तानका तत्कालीन प्रधानमन्त्री दावुद खानले अफगानिस्तानलाई पस्तुनीस्तान बनाउने आन्दोलन समेत चलाएका थिए । वर्तमान परिवेश फरक देखिएको छ । अफगानिस्तानमा तालिवानको शासन रहेको छ । तालिवानलाई पालन पोषण गर्ने पाकिस्तानी सैनिक र खुफिया एजेन्सी भएता पनि सीमा विवादले गर्दा पाकिस्तान र अफगानिस्तान बीच तनाव दिन प्रति दिन बढ्दै गएको छ । पाकिस्तानले पहिलो पटक अफगानिस्तानको राजधानी काबुलमा हमला गरेको छ भने अफगानिस्तानले पाकिस्तानी सैनिक अधिकारी लगायत सैनिकहरूको हत्या गरेको छ ।
पाकिस्तान र अफगानिस्तान विच बढ्दो तनावको पृष्ठभूमिमा अफगानिस्तान र भारत विच नयॉ समिकरणका साथ सम्बन्ध सघन हुने संकेत देखिएको छ । र्भखरै अफगानिस्तानका परराष्ट्रमन्त्री अमिर खान मुलतल्वी भारत यात्रा गरेका छन् मुलतवीको भारत यात्रा महत्वपूर्ण रहेको देखिन्छ । विगतका दिनमा भारतले अफगानिस्तानमा आफ्नो दुतावास समेत बन्द गर्दैै आएको छ । तालीवानी नेताको यात्राको प्रतिउत्तरमा भारतले अफगानिस्तानमा दुतावास खोल्ने समेत घोषणा गरेका छन् । इतिहासको आरोह र अवरोहमा तालीवानी लाडाकाहरूलाई भारत कूटनीतिक रूपमा स्वीकार गरेका थिएन । जबकी अफगानिस्तानको आर्थिक र सामाजिक रूपान्तरणमा भारतको लगानी उल्लेख्य रहेको छ । अफागनिस्तानमा संसद भवनको निर्माणदेखि इन्दिरा गान्धी बाल बाटिका अस्तपताल, शलमा डयामदेखि हाइवे निर्माणदेखि अनेकौं गुरूयोजना भारतले गर्दै आएको छ । कोरोनाको कहरमा खोपदेखि ५० मेट्रिक टन गहु लगायत नियमित रूपमा औषधी भारतले अफगानिस्तानलाई सहयोग गरेको देखिन्छ । सन् २००१ द्येखि सन् २०२० सम्म भारतले २ विलियन अमेरिकी डलरको सहयोग विभिन्न कायक्रम अन्र्तगत दिएको पाइन्छ । अफागनीस्तानी मनोग्रन्थीमा भारत प्रति उचच सम्मान पाएको अधययनले प्रष्ट गर्दछ । तर पाकिस्तानी हस्तक्षेप अफगानीस्तानीलाई पॉच्य भएको देखिदैन । सन् १९९२ मा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरीफ अफागनीस्तानका मुजाहुदीन सरकारलाई  निर्देश गर्न स्वंय अफगानीस्तान गएका थिए जसको चर्को भत्र्सना भएको थियो । सन्  २०२१ म तालिवानी सरकार बन्दा पाकिस्तानी सैनिक अधिकारी सुझाव दिदा समेत तालिवानहरू चिढिएका थिए ।
भारत तालिवान विच सम्बन्ध असहज रहेको थियो । सन् १९९२ मा तालिवान अफागानिस्तानमा शक्ति प्राप्त गर्दा भारत रसीया, इरानसंग गठजोड गर्दै नदरण एलान्सको पक्षमा रहेको थियो । तालिवानीहरू भारत प्रति चिढिएका थिए । तालिवानी लडाका र पाकिस्तानी खुफिया एजेन्सी विच सघन सम्बन्ध भएको कराणले नै गर्दा काठमाडौंबाट इण्डियन एयर ल्याइन्स अपहरण हुंदा तालिवानको मात्तहतमा रहेको थियो । तालिवानीहरूको दवावले नै गर्दा भारतले मसहुर अजहर जस्ता आतंकवादीलाई छोड्नु परेको थियो । भारतले तालिवानलाई आतंकवादी लाडाकाको रूपमा इंकित गर्दै आएको थियो । तर सन् २०१३ देखि तालिवानीहरू भारत प्रतिको रणनीतिमा व्यापक परिर्वतन देखिएको छ । पाकिस्तानसंग बढ्दो तनावले गर्दा भारतसंग सघन सम्बन्ध बनाउन समेत तालीवानी रणनीति रहेको छ । वर्तमान परिवेशमा अफगानीस्तान खाद्य संकट, औषधी संकट, कुपोषण, पूर्वाधार निर्माण जसता अनेकौ समस्याबाट ग्रस्त रहेको देखिन्छ । पाकिस्तान आपैm आर्थिक दिवालीयापनको संघारमा रहेकोले गर्दा पाकिस्तानबाट आर्थिक भरथेगको आशा रहेको देखिदैन । अर्थात् आर्थिक मेरूदण्डलाई सुद्धढ बनाउन भारतीय सहयोग र सदभावको अपेक्षा तालिवानीहरूले राखेको देखिन्छ । तालिवानसंग सहज र सघन सम्बन्ध भएको खण्डमा भारतले समेत आतंकवादी गतिविधिलाई निर्मुल पार्न बल प्राप्त गर्न सक्दछ । अर्थात् पाकिस्तानलाई दवावमा राख्न भारत अफगानिस्तान विच सहयात्रा भएको खण्डमा चरमपन्थी लडाकाहरूमा लगाम लगाउन यथेष्ठ बल प्राप्त हुन्छ । अर्को शब्दमा भन्ने हो भने भारत अफागानिस्तानको बढ्दो सघन सम्बन्धको साकारात्मक प्रभाव दक्षिण एसियामा पर्ने आकलन गर्न सकिन्छ ।

प्रतिक्रिया