१२ कार्तिक २०८२, बुधबार | October 29, 2025

माधवलाई मिलाउँदा प्रचण्डलाई यसरकारण पुग्न सक्छ क्षति


October 29, 2025
498
Shares

काठमाडौं, १२ कात्तिक । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी बन्दा प्रचण्ड र माधवकुमार नेपाल एउटै दलका नेता थिए । दुई अध्यक्षमा प्रचण्ड र केपी शर्मा ओली थिए । माधव नेपाल पार्टीका प्रभावशाली नेता । नेकपा फुट्दा सुरुमा प्रचण्ड अलग भए । त्यसपछि नेकपा एमाले फुट्यो । माधव नेपाल नेकपा एस गठन गर्न पुगे ।

ओलीसँग टकराव बढेर प्रचण्ड र माधव नेपाल पालैपालो अलग भए । दुवैले २०७९ को चुनावमा अलग अलग दलको नेतृत्व गरेर अस्तित्व रक्षा गरे । विशेषगरी माधव नेपालको दलले राष्ट्रिय दल पाउने हैसियत बनाए । प्रत्यक्षतर्फ १० सिट जित्यो । तर, माधव नेपाललाई उनकै दलका सांसदले टेरेनन् । पार्टी फुटको संघारमा पुग्यो ।

ओली सत्तामा टिकिरहेको भए माधव नेपाल अझ कमजोर हुन्थे । उनको दलका कतिपय नेता कार्यकर्ता एमालेमा फर्किए । त्यो क्रम अझै चलिरहेको छ । माधव नेपाल कमजोर बनिरहँदा माओवादी केन्द्रसँग पार्टी एकताको विषय चलिरहेको छ । दुई दल एक हुने टुंगो लाग्न मात्र बाँकी छ ।

प्रचण्डले माधव नेपाललाई जोड्दा लाभ र हानीको हिसाबकिताब माओवादी केन्द्रभित्र भइरहेको छ । प्रचण्डले देशव्यापी दौडाहाबाट माओवादीलाई मजबुत बनाएका छन् । तर, माधव नेपालको नेकपा एस निकै कमजोर बन्दै गइरहेको छ । यस्तो अवस्थामा माधव नेपाललाई जोड्दा प्रचण्डलाई ठूलो क्षति पुग्ने देखिएको छ ।

एकातर्फ, माओवादी केन्द्रभित्र असन्तुष्टि बढ्ने देखिदैछ । अर्कोतर्फ, कमजोर भइसकेका माधव नेपाललाई माओवादी भित्राएर अर्को कलह बढाउने जोखिम प्रचण्डले मोल्दैछन् ।

माधव नेपाल हत्तपत्त कसैलाई टेर्दैनन् । उनी ढुलमुले पाराका छन् । त्यो शैलीका माधवको आक्रामक र छिटो निर्णय लिने स्वभावका प्रचण्डसँग कसरी मिलन होला र कति समय टिक्ला चासो बनिसकेको छ । माधवका कारण प्रचण्डलाई ठूलो क्षति पुग्ने आँकलन गर्न थालिएको छ ।

प्रतिक्रिया