पाकिस्तानी आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडी मारिएपछि…

एजेन्सी, १ कात्तिक । पाकिस्तानी आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडी मारिएका छन् । अफगानिस्तानको क्रिकेट बोर्डका अनुसार पाकिस्तानी सीमा नजिकको पक्तिका प्रान्तमा मैत्रीपूर्ण प्रतियोगिता खेलेर फर्कने क्रममा स्थानीय तीन खेलाडीहरु आक्रमणमा मारिएका हुन् ।
अफगानिस्तान क्रिकेट बोर्डले पाकिस्तानी सत्ताको कायरतापूर्ण आक्रमण भनेको छ । बोर्डले मारिएका खेलाडीहरु कबिर, शिवगातुल्ला र हरुन रहेको जनाएको छ । उक्त आक्रमणमा पाँच अन्य व्यक्ति पनि मारिएका थिए ।
स्थानीय खेलाडी मारिएपछि पाकिस्तानले पाकिस्तान र श्रीलंकासहित तीन देशबीच हुने त्रीदेशीय सिरिज नखेल्ने घोषणा गरेको छ ।
पछिल्लो समय अफगानिस्तानको पाकिस्तानसँग तनाव बढेको छ । दुई देशबीच सीमा क्षेत्रमा सैन्य झडप समेत भयो । उक्त घटनामा सयौं सैनिक र सर्वसाधारण मारिएका छन् ।
अफगास्तिानको तालिवानी शासकले भारतसँग सम्बन्ध सुदृढ बनाएको छ । यो घटनासँगै पाकिस्तानसँग अफगानिस्तानको सम्बन्ध चिसिएको छ ।