३१ आश्विन २०८२, शुक्रबार | October 17, 2025

सेनाले भन्योः चुनावको विकल्प छैन


October 17, 2025
0
Shares

काठमाडौं, ३१ असोज । नेपाली सेनाले चुनाव निकै महत्वपूर्ण भएको बताउँदै दलहरुलाई चुनावको तयारीमा गम्भीर हुन आग्रह गरेको छ । शुक्रबार जँगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सेनाले चुनावको कुनै विकल्प नभएको समेत स्पष्ट पारेको छ ।

‘चुनाव महत्वपूर्ण छ,’ नेपाली सेनाले जँगी अड्डामा आयोजना गरेको पत्रकार सम्मेलनमा युद्ध कार्य निर्देशनालयकका निदेशक मनोज थापाले भने, ‘चुनावको विकल्प छैन, दलहरुले यो बुझ्नुपर्छ ।’ चुनावको तयारीका लागि सुरक्षा निकायले काम बढाइसकेको समेत बताए ।

जेन जी आन्दोलनपछिको क्षतिलाई अप्रत्याशित भन्दै सेनाले विश्वभर जेनजी आन्दोलनको छाल नेपालसम्म आएको बतायो । युद्धकार्य विभागका महानिर्देशक अनुपजङ्ग थापाले भने, ‘जेनजी आन्दोलनको छाल नेपालसम्म आइपुग्यो । यो अप्रत्याशित नै रह्यो ।’

सेनाले सिंहदरबार, सर्वोच्च अदालतलगायत महत्वपूर्ण भवनहरु जोगाउन नचाहेको भन्ने आरोपलाई निराधार र दुष्प्रचार भने थापाले । सेनाले महत्वपूर्ण ठाउँहरु जोगाएको विवरण समेत खुलाए । सम्भावित मानवीय क्षति हुन नदिएर सेनाले संयमताका साथ सुरक्षा कायम गरेको बताए ।

जेनजी आन्दोलनका क्रममा २२ जनाको मृत्यु भएको र बाँकी भोलिपल्ट आगजनीलगायतका घटनामा भएको बताए । कुल ७६ जनाको मृत्यु भएकोमा जेनजी आन्ँदोलनका क्रममा २२ जनाको मात्र मृत्यु भएको सेनाले स्पष्ट पारेको छ ।

प्रतिक्रिया