२३ आश्विन २०८२, बिहिबार | October 10, 2025

सेनापतिले पूर्वसेनापतिहरुसँग किन गरे छलफल


September 26, 2025
0
Shares

काठमाडौं, १० असोज । प्रधानसेनापति अशोक राज सिग्देलले जंगीअड्डामा पूर्वप्रधानसेनापतिहरुलाई बोलाएर परामर्श लिएका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जँगी अड्डामा समसामयिक परिस्थितिका सम्बन्धमा पूर्व प्रधान सेनापतिहरुसँग छलफल तथा अन्र्तक्रिया कार्यक्रम संचालन भएको हो ।

अन्र्तक्रियामा पूर्वप्रधानसेनापतिहरु प्रज्ववल शमशेर राणा, प्यारजंग थापा, गौरव शमशेर राणा, पूर्णचन्द्र थापा र प्रभुराम शर्मा उपस्थित थिए ।

पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवाल स्वास्थ्यका कारण अनुपस्थित भए । अर्का पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री पनि सहभागी थिएनन् ।

प्रतिक्रिया