नेपालको युवा विद्रोहलाई जोडेर ट्रम्पनिकट लुमरद्वारा राजदूत थोम्सनमाथि गम्भीर आरोप

काठमाडौं, २ असोज । नेपालको युवा विद्रोहलाई लिएर अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पनिकटस्थ लाउरा लुमरले कडा प्रतिक्रिया दिएकी छिन् । उनले अमेकिी राजदूत डिन थोम्सनको समेत आलोचना गरेकी छिन् ।
नेपालमा ठूलो भ्रष्टाचार भएको र त्यसमा वाइडेन सरकारको पालाको सहयोग पनि दुरुपयोग भएको विषय उठाएकी छिन् । युएसएड, सोरसको नीति फाउण्डेशनबाट दशौं लाख डलर दुरुपयोग भएको पनि लेखेकी छिन् । त्यस्ता रकम नेपालको संभ्रान्तहरुको हातमा गएको र असन्तुष्टिस्वरुप युवा विद्रोह भएको समेत लेखेकी छिन् ।
वाइडेनले नियुक्त गरेका राजदूत डिन थोम्सन अझै नेपालमै रहेको र वाइडेन युगको शैलीमा सहयोग रकम भ्रष्टाचार भइरहँदा नेपालीहरु विद्रोहमा उत्रिएको तर्क गरेकी छिन् । थोम्सनले ट्रान्सजेन्डर मुद्दा, समलिङ्गीको मामलामा रकम दुरुपयोग गरेको आरोप पनि लगाएकी छिन् ।
https://x.com/LauraLoomer/status/1968141860897001521