२६ भाद्र २०८२, बिहिबार | September 11, 2025

पुरानो सत्ता र पार्टीका नेता कार्यकर्ता साथीहरुलाइ खुला सुझाव 


September 11, 2025
0
Shares
रीता खनाल: 
नेपाली कांग्रेस तथा नेकपा (एमाले) लगायतका पार्टीका नेता तथा कार्यकर्ता  साथिहरु,
हाम्रो मुलुक यतिबेला शोकमा चुर्लुम्म डुबिरहेकोछ । २०८२ साल भाद्र २३ र २४ गते भएको युवा विद्रोहमा राज्यद्वारा ३४ जना जेन्जिको नृसंस हत्या भएको समाचार सार्वजनिक भएको छ । तर हत्या भएका युवाको सङ्ख्या यतिमा मात्र सिमित छैन । विभिन्न अस्पतालहरुका शव गृहमा अहिले पनि शव राखिएको छ । आजका जेन्जी पुस्ताका आमाबाबुसँग १ वा २ मात्र सन्तान छन् । उनीहरुको कोख र काख रित्यिएको  ४ दिन भैसकेको  छ । बिदेशमा रहेका घरपरिवार सदस्यलाई घर फर्कन विमानस्थल खोली देउ भन्दै विलौना गरेको, मेरो भाइको अन्तिम मुख हेछु भन्दै भावविव्हल भई अश्रु धारा बगाएका सन्देश सामाजिक  सन्जालमा देख्न सकिन्छ ।  जन्मदाता आफ्ना सन्तानसँगको वियोगमा अर्धचेत अवस्थामा छन् । शव छोपेर राखिएको छ । कति आमा बुवा अचेत अवस्थामा अस्पतालको शैया  मुर्छित हुँदै ब्युझदै अर्धचेत  अवस्थामा आफ्नो सन्तानको खोजी गर्दै रोइकराई गरिरहेका छन् ।
गोलि लागेका  सयौ  घाइते छोराछोरीहरु अस्पतालका शैयामा नै छन् । उनीहरुको चित्कार पनि सुन्नै नसकिने छ । कैयौ जेन्जीहरु बेपत्ता गराइएका छन् ।
आजको अवोध पुस्तालाई यो अवस्थामा ल्याउनका लागि तपाईहरुले आफ्नो जीवन र जवानी खर्चनु भएको हो? नेपालमा यति भयानक विद्रोह भएको साता दिन व्यतित हुन नपाउँदै जुन भ्रष्ट, अन्यायी, अत्याचारी, निरङ्कुह, नातावादी, कृपावादी र विवेकहीन पुस्ताको वकालत सामाजिक सञ्जालमा गर्न तपाईहरुले सुहाउने कुरा हो ?
बिगत ३० बर्ष देखि निरन्तर  सत्ता र सरकार  केन्द्रित  राजनीतिको दुर्गन्धित  आहालमा डुबेर  यो मुलुकमाथि नितिगत र सस्थागत भ्रष्टाचारको साम्राज्य  खडा  गरेको चरम कुशासनको बिरुद्ध के तापाइहरु स्वयं  आन्दोलित हुनु पर्ने थिएन? पार्टी र सरकारको सुख सुविधानमा रमाएर देशमा लुटपाटको मतियार भएर बस्ने अनि आज भ्रष्टलाई जेन्जीले विस्थापित गर्दा तपाईहरुले प्रतिकार गर्ने समय आएको छ? जेन्जीले गर्ने सङ्घर्ष तपाईहरुले गर्नु पर्ने थिएन? तपाईहरुले लड्ने लडाई जेन्जीले लडोकोमा तपाईहरुलाई किन पीडा भई रहेको छ ?
देशमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म पुग्दा र जेलनेल भोगेर ७३ वर्षिय प्रधानमन्त्री र ५ पटक मुलुकको प्रधानमन्त्री भई सकेको परिपक्क ८१ वर्षीय व्यक्ति सत्ता गठवन्धनको साझेदार नेता हुँदा नेपालको संविधान (२०७२) ले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक खोस्ने कलङ्कित ऐतिहासिक निर्णय हुँदा तपाईहरुको विवेक कहाँ बन्धक भएको थियो? संविधानबाट प्रत्याभूति भएको अभिव्यक्ति स्वतन्त्रताको माग गर्ने १४ देखि २७ बर्षका अपरिपक्व अबोध बालबलिकाहरुलाई पररर…. गोली हान्दा तपाईहरुको विवेक कहाँ बन्धक बनेको थियो?
इन्टरनेटमा जन्मिएको, इन्टरनेटमा हुर्किएको र इन्टरनेटमा नै बाँचेको पुस्तालाई इन्टरनेटबाट बञ्चित गर्ने सत्ता गठबन्धनको निर्णय कुन दृष्टिकोणले न्यायपूर्ण मान्न सकिन्छ ? उनहिरुको माग मलाई मेरो इन्रनेट देउ भन्ने मात्र थियो । तर आफ्नो चरम भ्रष्टाचारको साम्राज्यलाई डोकोले छोप्न यी सबै हर्कत भएका होइनन् ? त्यसैको परिणाम भदौ २४ होइन?
मुलुकको संविधानले प्रदान गरेको हकमा प्रतिवन्ध लगाएपछि यो भ्रष्ट साम्राज्यलाई पतन गर्छु भनेर यी अबोधहरु निहत्था भएर कपि र कलम बोकेर सडक मा उत्रिदा लोकतन्त्रको हवाला दिने सरकारले २ घन्टा  भित्र  दुई दर्जन अवोध राष्ट्रिय कर्णधारको शिकार ग¥यो । मेरो, हाम्रो र तपाईको पुस्ताले भ्रष्टाचारको अन्त्य गर्न नसकेको काम जेन्जिले गर्दा तीन दर्जन जेन्जीको वध गरिएको होइन ? निरंकुशताको  पराकाष्ठाको कलङ्कित   पासबिक क्रुर र निर्मम नरसम्हारले  विश्व ईतिहास  रचिएको होइन ? अबोध छोराछोरी  र नाति नातिनाको  बिभत्स हत्या  गरिएको होइन ?
२०८२ साल भदौमा भएको जेन्जि विद्रोहसँग नेपालको ईतिहासमा हाम्रै जीवन कालमा भएका जनआन्दोलनको तुलना गरेर हेरौंः
(१) २०४६ सालको जन आन्दोलन ५० दिनमा टुंगियो । यस बीचमा सहिद हुने १८ जना । यस समयमा राज्यका प्रमुख राजा थिए र निरन्कुश ब्यबस्था थियो ।
(२) हाम्रै जीवनकालमा दोस्रो जन आन्दोलन २०६२/०६३ भयो । यो जन आन्दोलन १९ दिन चलेको थियो यस जन आन्दोलनमा १८ जनाले शहादत प्राप्त गर्नु भएको थियो । यो जन आन्दोलन राज्य प्रमुख श्री ५ ज्ञानेन्द्र थिए ।
पहिलो   पटक  ब्यबस्था बदलिदा राजा गद्दी छोडेर  भाग्ने परिस्थिति  नआउदै  सडकको जन उभार देखेर आन्दोलनरत  पक्ष  सङ्ग बार्ता गरेर ३० बर्षको शासन ब्यबस्था आन्दोलनकारीको भावना बमोजिम सुम्पिएको थियो भने दोस्रो पटक २०६२/०६३ को जन आन्दोलनमा पुन राजाले सौहार्दपूर्ण  छलफलबाट  नै निकाश दिएका थिए । पछि तत्कालीन श्र ५ ले श्रीपेच र राजदण्ड बुझाएर २३७ बर्षको राजतन्त्रको अस्तित्व अन्त्य भएको स्विकार गरेर, मुलुक बाहिर नजाने घोषणा गरेर आम नागरिककोरुपमा देश भित्र नै बसिरहेका छन् ।
केबल कापि कलम बोकेर निहत्था अवस्थामा उपस्थित जेन्जिलाई ७३ वार्षिय हजुर बुवा प्रधानमन्त्री   र करिब ६५ बर्सिय हजुरबुबा  गृहमन्त्रीले सुरुमा  लाठि चार्ज,  पानी को  फोहारा  प्रयोग गरी भिड तितर बितर गर्ने प्रयास गर्नु पर्दथ्यो । त्यतिले पनि यदि जनधनको क्षति हुने अवस्थामा घुँडा भन्दा मुनि प्लाष्टिकका गोली चलाएन सकिन्थ्यो । तर भिड नियन्त्रणको वैकल्पिक उपाय अवलम्बन नगरी ताकी ताकी छाती र टाउकोमा गोलीको वर्षा गरिएको कार्यलाई कुन दृष्टिकोणले उचित मान्न सकिन्छ ? के गोली हान्नु पर्ने अवस्थामा पनि घुँडा मुनि हान्न सकिन्न? यसरी  विवेक गुमाएर २ घन्टा  भित्र नरसम्हारको कालो ईतिहास रचिएको होइन ?
अनि आज कुन मुखले जनता र राष्ट्र  ३० बर्ष देखि अनवरत लूट मच्याउने, आफ्नो घरका ४ वटा कोठामा सुरुङ्ग बनाएर लुकाएको अर्बौ पैसा र अर्बौको हिरा सुन खजाना कुरेर बसेको  ३४ नातिनातिनाको हत्यारा शेरबहादुर देउवा दम्पत्ति माथि आक्रोशित भिडले २,४ मुक्का हान्दा तिनी माथी अभद्र  व्यवहार भयो भन्न सकेको ? उनीहरुमा आफ्नो सहपाठी  आफ्नै आँखा अगाडि भकाभक ढलेर  रगतले लतपतिएको रक्तकुन्डबाट  उठेर  पानीपानी भन्दै भन्दै चित्याएको विभत्स चीत्कारको ध्वनी गुन्जेको, प्रिय साथिको साथ गुमाएको आक्रोश थिएन?  आज सामाजिक सञ्जालमा तिनै भ्रष्ट र हत्याराहरुको प्रशंसा लेखेर प्रकाशित गर्न तपाईहरुलाई अलिकति पनि लज्जाबोध हुँदैन ? यसरी सामाजिक सञ्जालमा यस्तो पोष्ट गर्दा तपाईहरुका हात कामेका छैनन् । आजसम्म यिनै भ्रष्ट, तष्कर र राष्ट्रघाती हत्याराहरुको पृष्ठपोषण गर्दा तपाईहरुलाई पश्चातापको अनुभूति भएको छैन?
आज ती  अबोध छोराछोरीप्रति भएको   पासविक हत्याको   बिरुद्ध तपाईहरुको गणतान्त्रिक   हात चल्नु पर्दैन? पिडीत परिवारमा, रित्तिएको कोख र काखको असैह्य पीडामा मलम लगाउनु पर्ने होइन ? साथीहरु, यसको सट्टामा तपाईहरु के गरी रहनु भएको छ ? सोच्नुस् त, तपाईहरुमा अलिकति पनि विवेक त बाँकी छ? कि त शेर बहादुर र आरजुको अवस्थामा नपु¥याई तपाईहरुको बुद्धिको भाँडोमा लागेको बिर्को नखुल्ने हो ?
अहिले अर्को कुरा पनि स्मरण गर्नुपर्ने आवश्यकता छ । २०४६ र २०६२/०६३ को जन आन्दोलनपछि राजालाई देशबाट  लखेटिएको थिएन, तर सडकको  जनसागर  र जन असन्तुष्टि देखेर बार्तामा ब्यबस्था बदल्न साक्षी  बसिदिएको हो । तर २०८२ भाद्र २३ र २४ गतेको पासबिक  हत्याले शोकाकुल  युवा आमाबुवा सहित को मानव सागरले यो देशका  चरम भ्रष्ट  निरंकुश सासकहरुलाई भगाएको भन्ने कुरा पनि नभुलौ । प्रधानमन्त्री राजीनामा गरेर भागेका हुन् कि होइनन् ? राष्ट्रपति अहिले कहाँ छन् ? तपाईहरुको अवस्था अहिले कस्तो छ? सडकमा निस्कन सक्नुहुन्छ?
यसरी विश्व इतिहासमा नयाँ किसिमले नयाँ ब्यबस्था र नया संविधानको लागि शासक लखेटेको ऐतिहासिक र यो उदाहरणिय आन्दोलन हो । यत्रो साहसिक आन्दोलन गर्ने क्षमता भएतापनि जेन्जिका असंगठित हुनु यसको कमजोर पक्ष हो । यसको साथै आततायी भ्रष्टहरुको विरुद्धमा स्वतस्फूर्तरुपले सडकमा प्राणको  आहुती दिएको यो पुस्ता ले २४ घन्टा भित्र सरकारको नेतृत्व खोज्न अलमल हुनु र केही बादबिबाद हुनु अस्वभाविक नभए पनि कमजोर पक्ष देखिन्छ । युवा पुस्ताको परिस्थिजन्य  अलमलको फाइदा उठाउँदै  तिनै चरम भ्रष्ट र भ्रष्टका मतियारहरुले छोराछोरी वा नाति नातिना पुस्ताको हत्याराहरुको बचाउमा  कलम चलाउनु कदापी न्यायीक  हुनसक्दैन ।
कांग्रेस  एमालेका युवा  पुस्ता का साथीहरू,
  तपाईंहरुको आँखा अगाडी  भाद्र २३ गते लाखौं  युवाको त्यो प्रदर्शन, सत्ताधारीहरु प्रतिको त्यो चरम घृणा, भाद्र  २४ गतेको त्यो रौद्र आक्रोशले उब्जाएको त्यो भयानक जन बिद्रोहले शासकहरु सेनाको शरणमा मुसो जस्तै भएर लुुकेको चार दिन मात्र भएको छ । यसलाई यति चाँडै बिर्सने गल्ती नगर्नु होला ।
तपाई  र मेरो पुस्ताले केवल फरक बिचार, बिधिको शासन, भ्रष्टाचार बन्द गर,  भन्दा भन्दै  जीवनको अति उर्बर २०,३० बर्ष खेर गएर आज यिनै पार्टीमा आबद्ध भएर फुलेको कपाल र बुढो अनुहार लिएर हिड्नु परेको कुरा कम दर्दनाक छ र ? यो बुढो पुस्ताले गरेको कुकर्मका कारण देश बर्बाद भएको र हामी श्रम पसिना खेर गएको कुरा पनि यतिखेर बिर्सन सकिँदैन । यस्तो देखी रहँदा र हामीले परास्त गर्न नसकेको भ्रष्ट बुढो पुस्तालाई नाति पुस्ताले विस्थापन गर्दा यिनै नाति पुस्तालाई धिकार्ने तपाईहरुलाई के भन्ने ?
नेपाली काङ्ग्रेस, नेकपा (एमाले) तथा अन्य पार्टीमा रहेका साथीहरू,
तपाईं हामिले गर्न नसकेको साहस यी छोराछोरी  पुस्ताले प्राणलाई  बलिबेदीमा चढाएर  यी भ्रष्ट शासकहरुलाई भगाएका छन, वहाँहरुलाई अन्तर्मन देखि नमन गरौं, सलाम गरौं, सम्मान गरौं । वहाँहरुसँग साथमा साथ र हातमा हात मिलाएर नयाँ नेपालको नयाँ इतिहास रच्ने महान् कार्यमा अगाडि बढौं । धन्यवाद ।

प्रतिक्रिया