२५ भाद्र २०८२, बुधबार | September 11, 2025

जेन्जि मित्रहरुलाई खुला पत्र 


September 10, 2025
0
Shares
– एस. के. तिमिल्सिना:
प्रिय मित्रहरु,
नेपालमा भ्रष्ट शासकको विरुद्धमा विद्रोहको आवश्यकता थियो । भ्रष्टाचारको विरुद्धमा हामीले पनि लामो समयदेखि आवाज बुलन्द गर्दै आएका थियौं, तर यसलाई निष्कर्षमा पु¥याउन सकिएको थिएन । तपाईहरुको नेतृत्वमा २०८२ साल भाद्र २३ गतेबाट शुरु भएको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा र भ्रष्टाचार विरुद्धको आन्दोलन सफलताको शिखरमा पुग्दा हामीले गर्वको अनुभूति गरेका छौं । यो आन्दोलनले सृजना गरेका अध्यारा पक्षहरुको बारेमा अहिले उल्लेख नगरौं । केही कमजोरीका बाबजुद यसलाई निष्कर्षमा पु¥याउने कार्य तपाईहरुबाट भयो । भ्रष्टहरु लखेटिए । यसको हामी मुक्त कण्ठले प्रशंसा गर्दछौं ।
नेपालमा भ्रष्टाचार विरुद्धको आन्दोलनको स्मरण गर्दा झापा निवासी दुर्गा प्रसाई पनि भुल्न नसकिने नाम हो । वहाँले २०७९ साल फागुन १ गते पूर्वी नेपालको बिर्तामोडबाट सुरु गर्नु भएको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृतिक तथा नागरिक बचाउ नामक अभियानरुपी आन्दोलनले साढे दुई वर्षको अवधिमा नेपालका हिमाल, पहाड र तराईका विभिन्न स्थानमा १०० वटा भन्दा बढी आम सभाको आयोजना ग¥यो । यसरी आयोजना गरिएको प्रत्येक आमसभाहरु कम्तीमा पनि १० औं हजार नागरिकको सहभागिता रहेको थियो भन्ने कुराको साक्षी सामाजिक सञ्जालहरु छन् । यी आन्दोलनको मूल एजेण्डा नै भ्रष्टाचारको भण्डाफोर र बैंक, लघुवित्त तथा सहकारीबाट मर्न बाध्य भएका भुँइ मान्छेहरुको संरक्षणको लागि आवाज उठाउनु थियो । यसको सफलताकोरुपमा बैंकहरुको १६ प्रतिशत सम्म पुगेको ब्याजदर घटेर आज ६ प्रतिशतमा झरेको छ ।
दुर्गा प्रसाईबाट भ्रष्टाचारको संरक्षकको रुपमा रहेको यो सरकारको विरुद्धमा २०८० साल मंसीर ७ गतेदेखि काठमाडौंमा अनिश्चित कालीन तवरले गर्ने भनिएको र बल्खुबाट शुरु गरिएको आमसभामा २५ औं हजार जनताको सहभागिता थियो तर सरकारको तर्फबाट उक्त सभा विथोल्ने, गोली चलाउने र अन्धाधुन्ध लाठी चार्ज गर्ने विभत्स अमानवीय कार्य गरियो । यसै क्रममा उक्त सभामा सहभागी हुन देशका विभिन्न भागबाट आएका महिलाहरुलाई राती बास बसेको ठाउँबाट सरकार सञ्चालक पार्टीका भिजिलान्तेहरुले मध्यरातमा महिलाहरुको चिरहरण गर्दै बासस्थानबाट लखेटेको कुरा तपाईहरुको स्मरणमा हुनुपर्ने हो, नभएमा स्मरण गराउन चाहन्छु ।
यसैगरी दुर्गा प्रसाईबाट २०८१ साल मंसीर ७ गतेदेखि भ्रष्ट सरकारको विरुद्धमा जनआन्दोलनको घोषणा गरिएको थियो । तर आन्दोलन सुरु हुनु भन्दा अगाडि नै वहाँलाई गिरफ्तार गरियो । वहाँको गिरफ्तारीपछि पनि भएको यो आन्दोलनमा पनि २० औं हजार नागरिकको सहभागिता भएपनि सरकारले निर्संस ढङ्गले दमन गरी बिथोल्ने कार्य ग¥यो । यसैगरी २०८१ साल फागुन १ गते  काठमाडौंको भृकुटीमण्डपमा वृहत आम सभाको आयोजना गरी राजनीतिक भ्रष्टाचार मात्र नभई राष्ट्रघाती व्यापारीको बारेमा पनि भण्डाफोर गर्ने कार्य गरियो । भ्रष्ट, राष्ट्रघाती र माफिया व्यापारीको विरुद्धमा गरिएको यो भण्डाफोर कार्य सामान्य आँटको विषय थिएन । केपि ओलीको कम्बोडियामा २० औं अरबको लगानी रहेको भन्ने कुरा सप्रमाण दुर्गा प्रसाईले नै खुलासा गर्नु भएको थियो । केपि ओली जस्तो निरङ्कुश तानाशाह प्रधानमन्त्रीको विरुद्धमा भण्डाफोर अभियान चलाउनु सामान्य साहसको विषय थिएन । यस वापत वहाँलाई साइवर क्राइम लगाइयो ।
भ्रष्टाचारको विरुद्धमा र राष्ट्रियताको संरक्षणको लागि दुर्गा प्रसाईको कमाण्डिङ्गमा २०८१ साल चैत्र १५ गतेदेखि काठमाडौंमा विशाल जनप्रदशर्नको आयोजना गरिएको थियो । तर यसमा सरकारको तर्फबाट दुई जना व्यक्तिको नृसंश हत्या गरिएको र दर्जनौंलाई घाइते बनाइएको, सयौंलाई झुठा मुद्दा लगाइएको कुरा पनि तपाईहरुको स्मरणमा ताजै हुनुपर्छ । यस घटनामा केपि शर्मा ओली सरकारले दुर्गा प्रसाईको हत्या योजना बनाएको र वहाँ मुस्किलले बाँच्न सफल भएको कुरा समाजिक सञ्जालमा छरपष्ट आएका छन् । यसबाट बच्नको लागि दुर्गा प्रसाई रातारात भागेर भारतको आसाम पुगेर जीवन रक्षा गर्नु भएको थियो ।
भ्रष्टाचार विरुद्धको आन्दोलनको क्रममा दुर्गा प्रसाई पहिलो पटक १५ दिन, दोस्रो पटक ३१ दिनका साथै साढे चार महिना कारावासको जीवन व्यतित गरेको कुरा पनि तपाईहरुलाई स्मरण गराउनु उचित ठानेको छु । दुर्गा प्रसाईलाई अहिले पनि आधा दर्जन झुठा मुद्दा लगाइएको छ । वहाँलाई मात्र नभएर वहाकी धर्मपत्नी उमा प्रसाई, छोरा निराजन प्रसाई र छोरी आरजु प्रसाईलाई पनि झुठा मुद्दामा फसाइएको छ । वहाँहरु वर्तमानमा पनि झुठा मुद्दा खेपी रहनु भएको छ ।
भ्रष्टाचार विरुद्धको आन्दोलन एकलरुपमा सञ्चालन गरी रहेका दुर्गा प्रसाई २०८२ श्रावण १९ गते जेलबाट घरौटीमा रिहा हुनु भएको हो । यसै बीचमा निरङ्कुश सरकारले सामाजिक सञ्जालमा प्रतिवन्ध लगाउने कार्य ग¥यो । यही तत्कालीन कारणलाई आधार बनाई तपाई जेन्जि मित्रहरुले स्वतन्त्रता र भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँदै आन्दोलनको घोषणा गर्नु भयो । म इमान्दारीपूर्वक तपाईहरुलाई विश्वस्त गराउन चाहन्छु कि हामी नेपालका केही दर्जन प्रवुद्ध व्यक्तिहरु दुर्गा प्रसाईको नेतृत्वमा राजनीतिक शक्ति गठनको लागि एक महिनादेखि निरन्तर छलफलमा थियौं । हामी छलफलमा उपस्थित भएको निर्णय पुस्तिका यसको प्रमाण छ । हाम्रा बैठकमा तपाईहरुबाट आन्दोलनको आयोजना हुन लागेको बारेमा पनि छलफल भएको थियो ।
दुर्गा प्रसाई एक भ्रष्टाचार विरोधी अभियन्ता भएको नाताले तपाईहरुले घोषणा गर्नु भएको आन्दोलनले वहाँ र हामी बेखुश हुने कुनै कारण थिएन । तसर्थ वहाँले यो आन्दोलनमा सहभागीता जनाउने सन्देश सामाजिक सञ्जाल मार्फत दिनु भयो । तर उमेर हदका कारण् वहाँलाई उपस्थित नहुन आन्दोलनकारी जेन्जि मित्रहरुले अनुरोध गर्नुभएपछि वहाँले भौतिकरुपमा सहभागिता जनाउनु भएन । तर वहाँको पूर्ण समर्थन थियो ।
जेन्जि मित्रहरुको आन्दोलनमा दुर्गा प्रसाईको समर्थन भएपनि वहाँले उक्त आन्दोलनमा असहयोग गर्नु भएको भनी अफवाह फैलाउने कुत्सित प्रयास गरिएछ । यसबाट वहाँ लगायत हामी पनि दुःखी भएका छौं । एक जना राष्ट्रभक्त, भ्रष्टाचार विरोधी व्यक्ति जसले भ्रष्टाचारका एजेण्डा जनजन समक्ष पु¥याउन राष्ट्रको नाममा आफ्नो ५० औं करोड लगानी ग¥यो, उसैले आज भ्रष्टाचार विरुद्धको आन्दोलनमा असहयोग ग¥यो भन्नु कति न्याय पूर्ण होला । अनजान बस यस्तो आरोप लगाइएको पनि हुनसक्छ, तर विषयवस्तुको जानकारी भएपछि एक जना राष्ट्रभक्त, भ्रष्टाचार विरोधी अभियन्तालाई यस्तो आरोप लगाइयो भने यस्तो कार्य ऐतिहासिकरुपमा अन्यायपूर्ण हुनेछ ।
दुर्गा प्रसाई माथि आरोपको क्रम यतिमा मात्र सिमित छैन । वहाँलाई बैंक ठगको पनि आरोप लगाइने गरिएको छ । हो,  वहाँले झापाको विर्तामोडमा अस्पताल, मेडिकल कलेज, पाँच तारे होटल, विद्यालय सञ्चालन गर्न नेपालको कानून र बैंकको विनियम, राष्ट्र बैंकको नीतिको मातहतमा रहेर अचल सम्पत्ति धितो राखेर ऋण लिनु भएको छ । यस्तो प्रकारको ऋणको आजसम्मको कुनै किस्ता बैंकलाई बुझाउन बाँकी छैन । कालो सूचीमा सूचीकृत पनि हुनुहुन्न । तरपनि वहाँलाई पटक पटक बैंक ठगको आरोप लगाइन्छ । अहिलेको जेन्जि मित्रहरु दुध र पानी छुट्ट्याउन राजहाँस जत्तिकै काविल हुनुहुन्छ । तसर्थ कानूनबमोजिम ऋण लिएको कुरालाई बैंक ठगीको आरोपमा वहाँलाई अन्याय गरिएको भन्ने सामान्य समझको विषय हुनु पर्दछ ।
यतिमा मात्र दुर्गा प्रसाई माथि लगाइने आरोपले विश्राम पाउँदैन । वहाँलाई मेडिकल माफिया पनि भनिन्छ । आफ्नै देशमा अस्पताल, मेडिकल कलेज, होटल र विद्यालय सञ्चालन गर्नु, स्वदेशको आय आर्जन विदेशमा नलैजानु माफिया गिरी होला? माफियाको सामान्य अर्थ आपराधिक गिरोह भन्ने हुन्छ । वहाँले यो मुलुकमा व्यवसाय सञ्चालन गर्दा माफिया भइन्छ भने कुनै पनि नेपालीलाई नेपालमा व्यवसाय सञ्चालन नगर्न भनिएको हो? यसरी हेर्दा एक जना देशभक्त, भ्रष्टाचार विरोधी नेपाली नागरिक दुर्गा प्रसाईलाई योजनाबद्धरुपमा चरित्र हत्या गर्ने दुष्प्रयास गरिँदै आएको देखिन्छ ।
तसर्थ, प्रिय जेन्जि मित्रहरु,
भ्रष्टाचार विरुद्ध तपाईहरुले सञ्चालन गर्नु भएको आन्दोलन आज यसरी अद्वितियरुपमा सफल हुनुमा दुर्गा प्रसाईको अथक सङ्घर्षको पनि योगदान थियो भन्ने कुरा परिवर्तनका सम्वाहक तपाई जेन्जि मित्रहरुलाई विनम्रतापूर्वक  स्मरण गराउन चाहन्छु । वहाँले भ्रष्टाचारको विरुद्धमा एक्लै छेडेको गौरवान्वित सङ्घर्षको कथा भुल्नु हुनेछैन । आशा गरेको छु कि आजबाट तपाईहरु मार्फत दुर्गा प्रसाईको विरुद्धमा फैलाइएका भ्रमहरुको निवारण हुनेछ । जय जेन्जि । जय नेपाल ।
(तिमिल्सिना राजनीतिक चिन्तकका सार्थ संविधान तथा नागरिकताविद् हुनुहुन्छ)

प्रतिक्रिया