२२ भाद्र २०८२, आइतबार | September 8, 2025

जेन जीको आन्दोलनमा को को


September 7, 2025
0
Shares

काठमाडौं, २२ भाद्र । सोमाबार माइतीघरमा हुने स्वत स्फूर्त आन्दोलनमा चासो बढेको छ । जेन जी अर्थात सन् १९९७ देखि २०१२ बीच जन्मिएको पुस्ताको आन्दोलन सामाजिक सञ्जाल बन्द गराउने नेपाल सरकारको निर्णयविरुद्ध केन्द्रित छ ।

जेन जीको आन्दोलनमा अभियन्ता, कलाकार, अधिकारकर्मीको व्यापक समर्थन मिलिरहेको छ । अभियन्ताहरुले जेन जीको आन्दोलनमा सहभागी हुने जनाएका छन् ।

नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले जेन जीको आन्दोलनमा सहभागी हुन आव्हान गर्दै आफूहरु पनि सहभागी हुने बताए । जाग नेपालीका संयोजक डा. दीपेश केसीले नयाँ पुस्ता जागिसकेकाले देशमा सत्ताधारीहरुको अत्याचारलाई धक्का पर्ने बताए । उनले देशव्यापी रुपमा जेन जीको आन्दोलनलाई समर्थन दिन भनेका छन् ।

जेन जीको आन्दोलनमा सहभागी हुन गायक प्रकाश सपुतले पनि आव्हान गरेका छन् ।

दुर्गा प्रसाईँले पनि जेन जीको आन्दोलनमा सहभागिता जनाउने भनिसकेका छन् । कुलमान घिसिङले पनि जेन जीको आन्दोलनलाई समर्थन गरेका छन् ।

प्रतिक्रिया