२१ भाद्र २०८२, शनिबार | September 7, 2025

भेनेजुएलाको विमान खसाल्ने ट्रम्पको धम्की


September 6, 2025
0
Shares

एजेन्सी, २१ भाद्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको विमान खसाल्ने धम्की दिएका छन् । उनले अमेरिकी सेनालाई भेनेजुएलाको विमान खतरा देखेमा खसाल्ने अधिकारी दिएको बताएका छन् ।

लागूऔषधविरुद्धको मिसनमा भेनेजुएलाप्रति ट्रम्प आक्रामक छन् । अमेरिका र भेनेजुएलाको सम्बन्ध चीसो छ ।

भेनेजुएलाको राष्ट्रपति मधुरोलाई पक्राउ गर्न अमेरिकाले वारेन्ट नै जारी गरेको छ । उनीबारे सूचना दिनेलाई ५ करोड डलर पुरस्कारको घोषणा छ ।

भेनेजुएला वामपन्थी शक्तिमा रहेको देश हो । उसको रुससँग विशेष सम्बन्ध छ ।

प्रतिक्रिया