सुनको मूल्यमा किर्तिमान, २ लाख १० हजार नाघ्यो

काठमाडौं, २० भाद्र । सुनको मूल्य लगातार बढेको छ । शुक्रबार बजारमा सुनको मूल्य २ लाख १० हजार चार सय पुगेको छ ।
सुनको मूल्य २ लाख नाघेपछि लगातार बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिसँगै सुनको मूल्य उकालो लागेको हो ।
यसैगरी, चाँदीको मूल्य २ लाख ४ सय ९० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि बढिरहेको छ ।