पुटिन र सीको बीचमा मोदी

एजेन्सी, १६ भाद्र । पुटिन र सीको बीचमा मोदी । सांघाई कोअपरेशन समिटमा यी तीन नेताको तस्बिर भाइरल भएको छ ।
विश्वको सबैभन्दा बढी जनसंख्या भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, दोस्रो धनी र दोस्रो बढी जनसंख्या भएको चीनका राष्ट्रपति सी चिनफिङ र आणविक शक्तिमा विश्वकै बलियो रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेट चासो र चर्चामा छ । यी तीन नेताले विश्व व्यवस्था र विश्वको शक्तिमा फेरबदल आएको सन्देश दिएका छन् ।
मोदी र सीले भेटका क्रममा अबको शक्ति एशियामा केन्द्रित भइसकेको बताए । भारत र चीनबीचको सम्बन्धले विश्वको राजनीति र अर्थव्यवस्थामा समेत असर पार्ने बताए ।