७ भाद्र २०८२, शनिबार | August 23, 2025

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघे पक्राउ


August 22, 2025
332
Shares

एजेन्सी, ६ भाद्र । श्रीलंकाका पूर्वराष्ट्रपति रणिल विक्रमासिंघे पक्राउ परेका छन् । सरकारी कोष हिनामिनाको आरोपमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार ७६ वर्षीय विक्रमासिंघेलाई कोलम्बोको अपराध अनुसन्धान विमागमा नियन्त्रणमा राखिएको छ । उनीमाथि सोधपुछ भएको जनाइएको छ ।

विक्रमासिंघेले २०२३ मा आफ्नी पत्नीका लागि विश्वविद्यालयको दिक्षान्त समारोहमा भाग लिंदा व्यक्तिगत काममा सरकारी कोष हिनामिना गरेको आरोप लगाइएको छ ।

गोटाबाया राजापाक्षेत्रको राजीनामापछि २०२२ मा विक्रमासिंघे राष्ट्रपति बनेका थिए । तर, उनले २०२४ को राष्ट्रपति चुनावमा पराजय भोगेका थिए ।

प्रतिक्रिया