२८ श्रावण २०८२, मंगलबार | August 12, 2025

अमेरिकाको पाकिस्तान कार्ड


August 12, 2025
249
Shares

एजेन्सी, २७ साउन । अमेरिकाले भारतसँग सम्बन्ध चिसिइरहँदा पाकिस्तानसँगको परम्परागत सम्बन्धलाई अझ खुलस्त पारेको छ । उसले पाकिस्तानलाई फेरि कार्डका रुपमा प्रयोग गरेको छ । भारत र चीनलाई दबाबमा राख्न पाकिस्तान कार्डले भूराजनीतिक उतारचढाव आएको छ । भारत र चीन निकट आएका छन् ।

अमेरिकाले पाकिस्तानी सेनासँगको सम्बन्धलाई अस्त्रका रुपमा देखाएको छ । यसै पनि पाकिस्तानमा सेना सबैभन्दा बलियो हुनेगर्छ । इस्लाम रणनीति अनुसार सक्रिय हुने गरेको सेना अदृश्य रुपमा शासनको हर्ताकर्ता हुन्छ । त्यसैले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका सेनापति असिफ मुनिरलाई निकै महत्व दिन थालेका छन् ।

६ हप्ताअघि ट्रम्पले मुनिरलाई व्हाइट हाउस डाकेर लन्चसहित भेटवार्ता गरे । फेरि अमेरिकाले मुनिरलाई डाकेको छ । मुनिर अमेरिका भ्रमणमा राजनीतिक र सैन्य भेटवार्तामा व्यस्त रहे । उनले पाकिस्तानी डायस्पोरासँग पनि भेट गरे ।

पाकिस्तानी समाचार एजेन्सीका अनुसार मुनिरले भारतको निकै आलोचना गरे । भारतले आक्रमण गरे त्यसको प्रतिकार गर्ने बताए । ट्रम्पले भारत र पाकिस्तानबीचको द्वन्द्व अन्त गरेको बताए । उनले अमेरिकी भूमि पुगेर भारतको आलोचना गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

भारतको अमेरिकासँग सम्बन्ध चिसिइरहँदा पाकिस्तानी सेनापति मुनिरको ६ हप्ताबीचको दुईवटा भ्रमणले चासो पाएको छ ।

प्रतिक्रिया