१० बैशाख २०८३, बिहिबार | April 23, 2026

अमेरिकी संरक्षणवादको भू-राजनीतिक प्रभाव


August 11, 2025
1.2k
Shares
विपिन देवः द्वीतिय विश्वयुद्धको राप र तापबाट स्थापित भएका संरचनाले गर्दा विश्व राजनीति शितयुद्धको भूमरीमा फस्यो । भू-राजनीतिमा कित्ताकाट देखियो । सोभियत संघ र अमेरिकाबीच बढ्दो टक्करले गर्दा संयुक्त राष्ट्र संघको निर्णयहरू पनि बेला बखतमा ओझेलमा पर्यो । सोभियत संघको बिघटन, पूर्वी यूरोपमा साम्यवादको समाप्ती, जर्मनीको एकीकरण र चीनको उदय जस्ता परिघटनाहरूले गर्दा अमेरिकी सार्मथ्य, पहुँ र पकडमा अभूतपूर्व परिर्वतन देखियो । शित युद्ध पश्चात (सन् १९९०) मा सारा संसारमा अमेरिकाको एकल नेतृत्व अब्वल हुंदै गयो । भू-राजनीतिक भाषामा यसलाई एकधुव्रिय –(युनिपोलर) संसार भनिन्छ ।  सन् १९९० देखि सन् २०१० सम्म सारा संसार एक धुव्रिय क्षत्रछायाँमा रहेको थियो । इराक माथि अमेरिकाले सुरु गरेको युद्धमा अमेरिकी झण्डामुनी रुस र चीन समेत रहेको थियो । एक धुव्रीय संसारमा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संघ जस्ता संघ संस्थाहरू खुला बजार, भूमण्डलीकरण र उदार अर्थव्यवस्थाको सम्वाहक रहेका थिए । सन् २००८ को विश्व आर्थिक मन्दीको कारण यूरोप वित्तिय संकटको संघारमा रहेको बेला चिनियाँ कम्पनीहरू धमिलो पानीमा माछा मार्न सफल भए । एक धुव्रिय संसारमा भूमंडलीकरण र उदार अर्थव्यवस्थालाई दोहन गर्दै चीनले तीन दशकसम्म दुई अंकको आर्थिक विकास गर्न सफल भयो ।
सोभियत रुस र चीनको रणनीति फरक रहेको थियो । एक हातमा रेड बुक (कम्युनिष्ट सिद्धान्त) र अर्को हातमा विकास योजनाका साथ सोभियत स

प्रतिक्रिया