२५ श्रावण २०८२, शनिबार | August 9, 2025

भारतले अमेरिका निर्मित पाकिस्तानको सैन्य विमान खसालेको खुलासा


166
Shares

एजेन्सी, २४ साउन । भारतले पाकिस्तानको पाँच सैनिक विमान खसालेको खुलासा भएको छ । अपरेशन सिन्दूर अन्तर्गत भारतको आक्रमणका दौरान विमानहरु खसालेको खुलेको हो ।

भारतीय एयर फोर्सका प्रमुख अमरप्रीत सिंहले अपरेशन सिन्दूर अन्तर्गत पाँच पाकिस्तानी विमान खसालेको बताएका हुन् । खसालिएका विमानहरुमा अमेरिकामा निर्मित एफ १६ एस र चीनमा निर्मित १० सी प्लस रहेको उल्लेख छ । भोलारीमा रहेका कतिपय एफ १६ एस विमान ध्वस्त पारिएको पनि सिंहले बताए ।

अपरेशन सिन्दूरका दौरान पाकिस्तानमा रहेको आतंकवादीको अखडामा भारतले हमला गरेको घटनायता पहिलोपटक भारतीय एयर फोर्सका प्रमुखको भनाई सार्वजनिक भएको हो । उनले रुसबाट खरिद गरिएको एस ४०० प्रणालीले गजबकै काम गरेको समेत खुलाए ।

प्रतिक्रिया