महाभूकम्पपछि रुस र जापानमा सुनामी

एजेन्सी, १४ साउन । रुसको समुन्द्र क्षेत्रमा महाभूकम्पपछि सुनामी आएको छ । ७.९ म्याग्निच्युडको भूकम्पपछि तटीय क्षेत्रमा क्षति पुग्ने गरी सुनामी आएको हो ।
सुनामी रुस र जापानको तटीय क्षेत्रसम्म देखिएको छ । जापानका कतिपय टापु नजिक व्हेल माछा नै किनारमा पुगेका छन् ।
सुनामी आउनु अघि नै मानिसहरुलाई सुरक्षित क्षेत्रमा लगिएको छ । जसका कारण ठूलो मानवीय क्षति हुन पाएन ।
सुनामीका भिडियो फुटेजहरु सामाजिक सञ्जालमा भाइरल छन् ।-Source: Telegraph