१४ श्रावण २०८२, मंगलबार | July 29, 2025

ओली, देउवा र प्रचण्डलाई नेतृत्वबाट हटाउने साहस कस्को ?


913
Shares

काठमाडौं, १३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी छाडेपछि प्रतिष्पर्धीविहिन देखेका थिए पार्टीभित्र । बामदेव गौतम त कमजोर भइसके । चुनौती दिने भीम रावललाई पार्टीबाट निष्काशन गरे । एमालेमा एकक्षत्र पकड देखेका ओलीलाई विद्या भण्डारी चुनौती बनेर प्रस्तुत भइन् ।

भण्डारीले एमाले नेतृत्वको दाबी गरेपछि ओलीले बैठक राखेर पूर्वराष्ट्रपतिको सदस्यता नै रोके । तर, विद्या नरोकिने भन्दै सक्रिय छिन् ।

नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाको बलियो पकड छ । केन्दीय कमिटीमा देउवाको दुई तिहाई छ । तर, उनलाई शेखर कोइरालाले चुनौती दिइरहेका छन् ।

नेकपा माओवादी केन्द्रमा प्रचण्डको बलियो पकड छ । उनका विगतका मुख्य प्रतिष्पर्धी बाबुराम भट्टराई, विप्लव जस्ता नेताले पार्टी छाडेर नयाँ दल बनाइसके । बादल एमालेमा छन् । प्रचण्डको एकक्षत्र प्रभाव रहँदै आएकोमा उनको मुख्य प्रतिष्पर्धीका रुपमा जर्नादन शर्मा देखिइसके । तर, शर्मालाई प्रचण्डको ठाउँ लिन कठिन छ । संगठनमा प्रचण्डकै प्रभाव छ ।

एमालेमा विद्या भण्डारीलाई ओलीको ठाउँ लिन सजिलो छैन । ओलीको एमालेमा बलियो सांगठनिक पकड छ । उनी विधान परिवर्तन गरेर भएपनि फेरि अध्यक्ष बन्ने तयारीमा छन् ।

काँग्रेसको विधान अनुसार सभापति देउवा अर्को कार्यकाल नेतृत्व गर्न पाउँदैनन् । तर, उनी पनि विधान परिवर्तन गरेर नेतृत्वमा रहिरहने रणनीतिमा छन् ।

नेताहरु पार्टीमा बलियो पकड बनाएर आफू अनुकूलको विधान र अवस्था बनाउँदै शक्तिमा छन् । उनीहरुलाई विस्थापित गर्न सजिलो छैन ।

प्रतिक्रिया