८ श्रावण २०८२, बुधबार | July 23, 2025

विद्यामाथि अवरोध नहटाए एमाले फुट्ने


1.8k
Shares

काठमाडौं, ७ साउन । नेपालको राजनीतिमा एकपटक नेतृत्वमा पुगेपछि मरणोपान्त रहने रोग छ । यस्तै रोग नेकपा एमालेमा पनि छ । एमालेभित्र नेतृत्व परिवर्तनको सहजताका लागि विधानमै व्यवस्था गरियो । अध्यक्षको कार्यकाल दुई र उमेरको हद ७० वर्ष राखियो । तर, नेताहरुको स्वार्थका कारण यस्तो हदमा परिवर्तन ल्याइयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघिको महाधिवेशनमा ७० को उमेर हदलाई लचिलो बनाए । अहिले उनले फेरि ७० वर्षे उमेर हद हटाउने पहल थालिसकेका छन् । ओलीले यति मात्र गरेनन् । राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी नेतृत्वबाट रोके । पार्टी सदस्यता सम्म नवीकरण गर्न रोके ।

ओलीको यो कदमले एमालेभित्र तरंग आएको छ । उक्त दलमा ओलीको एकछत्र प्रभाव बनेकोमा विद्या प्रतिष्पर्धी बनेर देखिइनन् । विद्याको पक्षमा सुरेन्द्र पाण्डे, कर्ण थापालगायत नेताहरु बोल्न थालिसकेका थिए । तर, ओलीले बोली थुन्न खोजे ।

एमालेभित्र ओली र विद्या समूह देखिइसकेको छ । जसमा विद्या समूह एमालेबाट फटेर बनेको नेकपा एससँग पनि नजिक छ । यो घटनाले भविष्यमा विद्यालाई रोकेमा एमाले फुट्नसक्ने देखिइसकेको छ । विद्या समूह सम्भावित सबै तयारीमा छ ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई एमालेले आफ्नो मुख्य सिद्धान्त मानेको छ । उनै भण्डारीकी पत्नी विद्या भण्डारी रोक्ने ओलीको कदमले एमालेमा विभाजनको रेखा कोरिइसकेको छ । विद्यालाई एमालेमा रोकेमा उक्त दलमै फुट आउने सम्भावना बढेको छ ।

प्रतिक्रिया