८ श्रावण २०८२, बुधबार | July 23, 2025

विद्यालाई छेक्न ओलीले मध्यरातिसम्म के के गरे


332
Shares

काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा छेक्न मध्यराति निर्णय गराए । निर्णयको सुरु पेजमै राष्ट्रपति भइसकेको व्यक्ति दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुन सम्भव नहुने र नमिल्ने उल्लेख छ ।

विद्यालाई रोक्ने ओलीको सबै प्रयास विफल भएपछि मध्यराति बैठक राखेर निर्णय गराए । ओलीले निर्णय गराउँदा ओली पक्ष र विद्या पक्षबीच भनाभन नै चलेको थियो । तर, ओलीले पेलेरै विद्यालाई रोक्ने निर्णय गराएका छन् ।

राजनीतिमा सक्रिय हुने विद्याको चाहनालाई ओलीले विगतमा चुप लागेर सुनेका मात्र थिए । तर, एमाले नेतृत्वको दाबेदारीको सन्देश दिन थालेपछि ओली झस्किएनन् मात्र राजनीतिमा नलाग्न भने । पार्टी कार्यालय च्यासलमा बैठक बसेर सहमति निकाल्न खोजे । तर, विद्या पछि हटिनन् । उनले माझ किराँतकी छोरी हुँ भन्दै साहस रहेको भन्दै पछि नहट्ने बताइन् ।

त्यसपछि ओलीले निकटस्थहरुसँग छलफल गरेर मध्यराति निर्णय गराएर विद्यालाई छेक्ने मार्ग तयार गरे ।

एमालेका दिवंगत महासचिव मदन भण्डारीकी पत्नी विद्या भण्डारीलाई विगतमा ओलीले साथ दिदै आएका थिए । ओली पक्षमा रहेर एमाले उपाध्क्ष समेत बनेकी उनी राष्ट्रपति बनिन् । पदबाट हटेपछि राजनीतिमा विस्तारै सक्रिय हुन थालिन् । यसले एमालेभित्र नयाँ तरंग ल्याएको छ ।

प्रतिक्रिया