कक्षाकोठामा विमान खसेपछि…

एजेन्सी, ५ साउन । दिनको एक बजेको समय थियो । विद्यालयमा विद्यार्थीहरु पढिरहेका थिए । त्यत्तिकैमा विमान खस्यो ।
यो घटना बँगलादेशको ढाकामा भएको हो । त्यहाँको माइलस्टोन स्कुलमा विद्यार्थीहरु पढिरहँदा एफ सेभेन बीजीआई सैनिक विमान कक्षाकोठामा खस्दा २० जनाको मृत्यु हुनाको साथै १५० जना घाइते भएका छन् ।
खसेको विमान सैनिक अभ्यासका क्रममा थियो । र्दुघटनाका क्रममा विमान ध्वस्त भएको छ । घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान बढाइएको छ ।