६ श्रावण २०८२, सोमबार | July 22, 2025

भारतको ३९ करोड अनुदानमा बन्ने परियोजना निर्माण सम्झौता


415
Shares

काठमाडौं, ५ साउन । भारतको ३९ करोड रुपैयाँ अनुदानका परियोजना निर्माणसम्बन्धी सम्झौता भएको छ । नेपालमा भारत सरकारको अनुदान सहयोगमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा कार्यान्वयन हुने पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा सोमबार हस्ताक्षर भएको हो ।

सम्झौतामा हस्ताक्षर काठमाडौंस्थित भारतीय राजदूतावास र नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरुबीच भयो।

पाँच परियोजनाहरुमा धनुषाको बटेश्वर गाउँपालिका बटेश्वर–३ मा श्री जनशक्ति माध्यमिक विद्यालय भवनको निर्माण, पर्साको पोखरिया नगरपालिकामा श्री महोवनी पद्म माध्यमिक विद्यालयको निर्माण, अछामको मेल्लेख गाउँपालिकामा श्री बासुकी माध्यमिक विद्यालयको निर्माण, बाराको प्रसौनी गाउँपालिका–२ मा बेंगा साह माध्यमिक विद्यालयको विद्यालय भवन, छात्रावास तथा पुस्तकालयको निर्माण र मनाङको नासोँ गाउँपालिका–५ मा पाँच शैयाको अस्पताल भवनको निर्माण रहेका छन् । यी परियोजनाहरुको कार्यान्वयन नगरपालिका र गाउँपालिका सहित नेपाल सरकारका स्थानीय निकायहरु तथा संस्थाहरु मार्फत गरिनेछ ।

प्रतिक्रिया