५ श्रावण २०८२, आइतबार | July 20, 2025

रुस, भारत र चीन (आरईसी) ले भू-राजनीतिक उथल पुथल


1.2k
Shares

विपिन देवः सन् २०२५ जुलाईमा संघाई सहयोग संगठनको परराष्ट्रमन्त्रीय स्तरको बैठक चीनमा भयो । सन् २०२० पश्चात भारतको परराष्ट्रमन्त्री डा. एस. जयशंकरको संघाईमा सहभागी हनु आपैmमा अर्थपूर्ण थियो । डा. जयशंकरको यात्रालाई चीनले उच्च महत्व दिएको थियो । डा. जयशंकरको वार्ता चीनका राष्ट्रपति सी चिनफिङका अलावा त्यहाँका उपराष्ट्रपति र समकक्षी परराष्ट्रमन्त्रीसंग हुनु कूटनीतिक हिसाबले महत्वपूर्ण घटना हो । जयशंकर चीनमा भारतीय राजदुत हुंदा व्यक्तिगत हिसाबले समेत कम्युनिष्ट पार्टीको उच्च ओहदासंग सम्र्पक र सम्बन्ध भएका अधिकारी हुन् । यसकारण पनि चिनियाँ कम्युनिष्ट पार्टीका मुखपत्र ग्लोवल टाइम्सले उनको यात्रालाई विशेष महत्व दिएका थिए । चिनियाँ भाषा समेत जान्ने जयशंकरले चिनियाँ मिडिया प्रतिनिधिसँग समेत भारत चीन सम्बन्धको महत्व माथि चर्चा गरेका थिए ।

जयशंकरको यात्रालाई सफल बनाउन चीनले उपयुक्त वातावरण निर्माण गरेका थिए । मानकैलाश सरोवरको यात्रा प्रारम्भ गर्नु र सिधा हवाई उडानको अनुमति दिनुलाई उदाहरणको रूपमा लिन सकिन्छ । संघाई सहयोग संगठनको छायामा द्विपक्षिय सम्बन्धमा केही साकारात्मक सुधार देखिनुका विभिन्न कूटनीतिक आयामहरू देखिन्छ । यसको प्रमुख कारकतत्व मध्ये ट्रम्पको उत्तार चढाव नीति समेत रहेको छ । भर्खरै अमेरिकी सेनेटमा रिपलिंकन सेनेटर पायट्रीकले एक विधेयक दर्ता गरेका छन् । उक्त प्रस्तावित विधेयक अनुसार रुसबाट उर्जा लगायत अरू व्यापारिक कारोबार गरेको खण्डमा चीन, भारत र ब्राजिललाई ५०० प्रतिशतसम्म कर (ट्राफीक) लाग्न सक्ने विषय छ । वर्तमान परिवशेमा चीन र रुसबीच २५० अर्ब डलरको व्यापार रहेको छ भने भारत र रुसबीच ६५ अर्ब डलर रहेको छ । तर बार्जिलसंग १६ अर्ब डलरको मात्र रुसको व्यापार रहेको छ । ट्रम्पको कर रणनीतिका कारण रुस चीन भारतको त्रीकोणात्मक सम्बन्ध “रिक” को छाया बढ्न सक्ने सम्भावना देखिएको छ । ९० को दशक रुसी नेता प्रमाकौलले “रिक” को अबधारणालाई अगाडि बढाएका थिए । “रिक”बाट नै विकसित भई ब्रिक्स निर्माण भएको कुरा समेत जानकारहरूको बुझाई रहेको छ । जानकारहरूले “रिक” लाई सम्वादको संरचना भनेका छन् ।

”रिक”को आवश्कता माथि ९० को दशकमा भारतीय राजनीतिका चापक्य नरिसिंहा रावले समेत चर्चा गरेका थिए । रावका अनुसार भारत चीन बीच सद्भाव र सम्झदारी बढेको खण्डमा पश्चिमा शक्तिहरूको सामथ्र्य घट्ने निश्चित रहेको छ । तर वर्तमान परिवेशमा “रिक” को अबधारणाको विस्तारका कारण अमेरिकी नीति समेत प्रश्नको घेरामा देखिएको छ । मीनाक्षी अहमदद्वारा लिखित पुस्तक “म्याटर अ‘फ ट्रस्ट” मा अमरिकाले भारत प्रति राख्ने दृष्टिकोणको बारेमा चर्चा गरिएको छ । उक्त पुस्तक अनुसार भारतमा अब्वल प्रजातन्त्र भएता पनि र अमेरिकी जन-जीवनमा ५० लाख भारतीय मुलका व्यक्तिहरूको सहभागिता भए पनि पाकिस्तान प्रति अमेरिकाको मोह भंग नहुनु एक र्दुभाग्यपूर्ण अभ्यास हो । एसली देलिस जस्ता अमेरिकी भारत सम्बन्धका अद्भूत जानकारले आफ्नो शोधपत्र “इण्डिय ग्रेट पांबर डेलुगन” मा अमेरिकाको भारत प्रतिको दुष्ट्रिकोणलाई रोचक चर्चा गरेका छन् । अमेरिकी राष्ट्रपति बुसले भारतलाई चीनको विकल्पमा हेर्दै भारतसंग न्यूकिलिर सम्झौता गरेका थिए । अमेरिकी भारत सम्बन्धको विकास र विस्तारका कारण चीनिया नीति समेत रहेको कुरा टेलिसको बुझाई रहेको छ । तर अमेरिकाले भारतको नीति प्रति बेला बखतमा असंतुष्टि समेत व्यक्त गरेको छ । भारतको रुससँगको सम्बन्ध प्रति अमेरिका प्रश्न उठाईरहेको हुन्छ ।

सामरिक स्वायतत्ताको नाममा भारतले आफ्नो अडान र अभिमत फरक ढङ्गले राखेका देखिन्छ । अरू सुरक्षालाई जस्तो भारतीय सैन्य शक्ति अमेरिकी सैनिकसंग युद्धमा सहभागि हुने इतिहास रहेको छैन । इराक माथि अमेरिकी आक्रमणमा चीनिया सैनिक अमेरिकाको साथ भएता पनि भारतीय सैनिक साथ रहेको थिएन । सत्तरीको दशकमा अमेरिकी राष्ट्रपति निक्सन र सुरक्षा सल्लाहकार हेनरी किसिमजरको नीतिले गर्दा वर्तमान परिवशेमा चीन अमेरिकालाई हरेक क्षेत्रमा टक्कर दिन सार्मथ् यबोकेको छ । सत्तरीको दशकमा भारत चीनको आर्थिक आकार उस्तै उस्तै रहेको थियो । चीन झै अमेरिकाले भारतलाई पूर्ण रूपमा सहयोग गरेको खण्डमा ४ दशक पछि भारत चीन जस्तै अमेरिका प्रति आक्रामक हुने सामरिक जानकार देलिसको आकलन रहेको छ । यस अर्थमा अमेरिकी नीति भारतलाई बेला बखतमा दबाबमा राख्न अभिप्ररित रहेको छ । बँगलादेशमा भएको परिर्वतनलाई यसको उदाहरणको रूपमा लिन सकिन्छ । “अपरेशन सिन्दुर” लगत्तै भारत पाकिस्तानबीच तनाब शिथिलिकरण गर्न ट्रम्पले २० पटक अभिव्यक्ति दिएको पाइन्छ । अर्थात् भारत पाकिस्तान विच भइरहेको तनाबलाई शिथिल बनाउन अमेरिकी नेतृत्वको अब्बलता माथि ट्रम्प गर्व महशुस गरेको छ । ट्रम्पको प्रतिक्रिया प्रति भारतले आपत्ति प्रकट गर्दै आएको छ ।

सीमला सन्धीको मर्म अनुसार भारत पाकिस्तानको द्विपक्षिय समस्यालाई समाधान गर्न तेस्रो पक्षको सहभागिता र मध्यस्थता मान्य नरहेको उल्लेख गरिएको छ । बारम्बार ट्रम्पको अभिव्यक्रिले सीमला सम्झौतालाई मानर्मदन गरेको छ । सामरिक जानकारहरूको अनुसार बदलिदो भू-राजनीतिक अवस्थामा अमेरिका भारतको सबभन्दा ठुलो व्यापारिक साझेदार रहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व वैंक लगायत उच्च स्तरीय वित्तिय संस्थाहरूमा अमेरिकाको वर्चश्वको कारणले भारत संतुलित नीतिका साथ अमेरिकासंग सम्बन्ध विस्तार गर्न अगाडि बढ्ने छ । साथ साथै चीनसंग व्यापार घाटा, वोर्डर समस्याको चीरफार गर्न, क्षेत्रीय सन्तुलन कायम गर्न र हिन्दप्रसान्त क्षेत्रमा आर्थिक विकासमा तीव्रता प्रदान गर्न “रिक” को छाता मुनि भारत चीन रसिया अगाडि बढ्ने सम्भावनालाई नजरअन्दाज गर्न सकिदैन ।

प्रतिक्रिया