पैसा पचाउन पीडितलाई उल्टै थुनाउने कँडेल बाबुछोराका कारण खैलाबैला (भिडियोसहित)

काठमाडौं, २८ असार । देशमा उधारोमा सामान लाने या पैसा लिएर चेक थमाउने अनि चेक नसाटिएपछि मुद्दा हाल्नेलाई उल्टै प्रहरी लगाएर थुनाउने गिरोह सक्रिय भएको छ । यस्तो गिरोहका नाइके हुन् केशव राज कँडेल । उनले हार्डवयर पसलेहरुलाई ठगी गरेको फेहरिस्ता प्राप्त भएको छ । धेरै मानिसहरुलाई कँडेलले फसाएको विषय धमाधम बाहिर आएको छ ।
व्यवसायी बनेर प्रस्तुत हुँदै घनिष्टता देखाउने उनले एकपछि अर्को व्यवसायीको पैसा फिर्ता नदिएपछि चेक बाउन्सको मुद्दा लाग्यो । तर, उनले उल्टै पीडितलाई प्रहरीका केही अधिकारीलाई दुरुपयोग गरी थुनाएका छन् ।
कँडेलले व्यवसायीको विश्वास जितेर ऋण माग्ने अनि पीडितलाई उल्टै प्रहरी लगाउने सिलसिला बढेपछि उनको बारे धेरै तथ्य बाहिर आएका छन् । सर्लाही प्रहरीले आपराधिक विश्वासघात तथा ठगी मुद्दामा बागमती साइन्ड प्रोसेसिङ प्रालिका सञ्चालक सिद्धिबहादुर राय क्षेत्रीलाई कँडेलले आफ्ना छोरा उज्ववल राज कँडेललाई लगाएर मुद्दा दायर गराए । आपराधिक विश्वासघात तथा ठगी मुद्दामा क्षेत्री पक्राऊ गरिए ।
कँडेलले अर्जुन रायमाझीलाई पनि चेक दिएर नसाटिएपछि मुद्दाबाट बच्न उल्टै मुद्दा हाली पक्राउ गराएका थिए । सर्वसाधारणलाई योजनावद्ध तरिकाले दुःख दिने धन्दा नै चलाएका छन् ।
केशव राज कँडेलले अर्काको पैसा पचाउने उद्देश्यले पीडितलाई झन् पीडित बनाउने र मुद्दा हालेर प्रहरी लगाएर पक्राउ गर्ने सिलसिला नै चलाएका छन् । यो घटनापछि उनलाई कतिपयले नामी नटवरलालको संज्ञा दिएका छन् । यसबारे उज्ववल कँडेलसँग सम्पर्क गरी बुझ्दा आफूले चेक नदिएको दाबी गरे । आफूले अर्जुन रायमाझीलाई देख्दा पनि नदेखेको दाबी गरे ।