२३ असार २०८२, सोमबार | July 7, 2025

ट्रम्प-मस्क टकराव


249
Shares

एजेन्सी, २३ असार । राष्ट्रपति निर्वाचनअघि सम्म इलन मस्क डोनाल्ड ट्रम्पका विश्वासपात्र थिए । मस्कले ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेले । मस्कलाई अमेरिकी सरकारको खर्च घटाउन डग नामको निकाय नै खडा गरी जिम्मेवारी दिए ट्रम्पले ।

दुवैले एक अर्काको खुलेर प्रशंशा गरे । तर, केही महिनायता दुवैबीच टकराव बढ्यो । मस्कले डगको जिम्मेवारी त्यागे । उनी यतिमा मात्र रोकिएनन् । अमेरिका पार्टी नामको दल नै खोले ।

मस्कको पछिल्लो कदमपछि ट्रम्पले चर्को आलोचना गरेका छन् । अमेरिकामा दुई दलीय प्रणाली रहेको र तेस्रो दल खोलेर अस्थिरता मच्चाउन खोजेको आरोप लगाए ।

मस्क रेलको लिक बाहिर पुगेको र थोत्रो डब्बामा सिमित हुने समेत ट्वीट गरे । अहिले मस्कको व्यवसायमाथि दबाब बढ्न थालेको छ । ट्रम्पको कदमले मस्कमाथि चुनौती थपिएको छ । यसको असर अमेरिकामा मात्र नभई विश्वभर मस्को लगानी रहेको क्षेत्रसम्म पर्ने देखिन्छ ।

प्रतिक्रिया