श्रीलंकाविरुद्ध नेपालको ८ गोल, छनोटका लागि उज्वेकस्तानलाई जित्नुपर्ने

काठमाडौं, १८ असार । नेपाली महिला फुटबल टोलीले श्रीलकाविरुद्ध ८-० को जित निकालेको छ । बुधबार उज्वेकस्तानमा भएको एफसी महिला एशियन कम छनोटमा एकपक्षीय जित निकालेको हो ।
नेपालका लागि सावित्रा भण्डारीले पहिलो हाफमै ह्याट्रिक गरिन् । गीता रानाले दुई, निशा थोकर, रेखा पौडेल र पूजा रानाले गोल गरी देशलाई सानदार जित दिलाए ।
नेपालले लाओसविरुद्धको खेलमा ९-० को जित निकालेको थियो । छनोटको निर्णायक खेल उज्वेकस्तानसँग हुनेछ । नेपालले उक्त खेल जितेमा एशिया कप फुटबलमा प्रतिष्पर्धा गर्न पाउनेछ ।