१९ असार २०८२, बिहिबार | July 3, 2025

तीनवर्षपछि पुटिन-म्याक्रोन वार्ता, युक्रेन युद्ध समाप्त होला ?


498
Shares

एजेन्सी, १८ असार । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोनबीच टेलिफोन वार्ता भएको छ । दुई नेताबीच मंगलबार टेलिफोनवार्ता भएको जनाइएको छ ।

पुटिन र म्याक्रोनबीच २०२२ को सेम्टेम्बरपछि पहिलोपटक वार्ता भएको हो । युक्रेन युद्धपछि दुई देशका नेताबीच कुराकानी भएको छैन ।

युक्रेनलाई फ्रान्सले साथ दिदै आएको छ । जसका कारण रुस असन्तुष्ट छ । पुटिन र म्याक्रोनबीच वार्तालाई आइसब्रेकका रुपमा हेरिएको छ । यसले युक्रेन युद्ध समाप्तीका दिशामा प्रगति हुनसक्ने देखिएको छ ।-Photo Source: Sputnik

प्रतिक्रिया