५२ भाईबारे फैसला होला ?

काठमाडौं, १८ असार । संवैधानिक निकायका ५२ जनाको नियुक्तिबारे आज बुधबार फैसला होला या नहोला चासो बनेको छ । २८ जेठमा फैसला हुने भनिएपनि कारण देखाएर १८ असारमा सारिएको हो ।
फैसलामा न्यायाधीशहरुबारे राय बाझिएको विषय बाहिर आयो । संवैधानिक इजलाश गठन भई सुनुवाई सकिएर निर्णय सुनाउने भनिएको छ । इजलाशमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना मल्ल प्रधान, मनोज शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी छन् ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नियुक्ति खारेजका पक्षमा देखिएका थिए । उनलाई एकजना न्यायाधीशले मात्र साथ दिएका थिए । राय बाझिएर खारेजीको पक्षमा बहुमत नपुगे के होला ? चासो बनेको छ ।
दुई चरणमा ५२ जनाको संवैधानिक आयोगमा नियुक्ति भएको थियो । पहिलो चरणमा ३२ र दोस्रोमा २० जनाको भएको थियो ।
पहिलो लटमा २०७७ मंसिर ३ मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई बैठकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित ३२ जनाको नियुक्तिको सिफारिश गरिएको थियो ।
दोस्रोपटक २१ वैशाख २०७८ मा अध्यादेश ल्याई २६ वैशाखमा २० सवैधानिक आयोगका पदाधिकारी सिफारिश गरिएको थियो । पछिल्लो २० जनाको नियुक्ति अघिल्लो ३२ जनाको भन्दा फरक र वैध रहेको तर्क गरेका छन् । २६ वैशाखमा सिफारिश भएकाहरुको संसदीय सुनुवाई हुन नसक्नुमा संसद पुनःस्थापना ४५ दिन कटेपछि मात्र भएको विषय उठाइएको छ ।