१५ असार २०८२, आइतबार | June 29, 2025

ओलीले भनेका ‘मदन भण्डारीका चारवटी श्रीमती’ को खोजी !


4k
Shares

काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा मदन भण्डारीकी पत्नी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकै सामुन्ने सनसनीपूर्ण कुरा बोले । उनले घुमाउरो तरिकाले आफ्नै मुखबाट मदन भण्डारीका चारवटी श्रीमती छन् भन्ने बोले । सँगै त्यस्ता अफवाह फैलाउने गरेको पनि भने ।

ओलीको यो अभिव्यक्ति नियोजित थियो । उनले फेरि मदन भण्डारीबारे थपे फुत्त दुलाबाट निस्केर मदन भण्डारी नेता भयो, सहकारी ठग हो भन्ने झुठा लाञ्छनाहरु लगाइए भन्न भ्याए ।

पछिललो समय ओलीलाई नेतृत्वमा चुनौती दिन भण्डारी एमाले राजनीतिमा सक्रिय भएपछि एमालेभित्र तरंग आएको छ । ओलीले घुमाउरो तरिकाले विद्या भण्डारीलाई विचलित पार्ने गरी भाषण गरेर गएका थिए ।

प्रतिक्रिया