९ असार २०८२, सोमबार | June 23, 2025

इरानमा सत्ता पल्टाउने रणनीतिमा ट्रम्प


332
Shares

एजेन्सी, ९ असार । इरानमा इस्लामिक सत्ता पल्टाउने रणनीतिमा अमेरिका रहेको संकेत राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् । उनले इरानमाथि हवाई हमलापछि आइतबार इरानमा सत्ता पल्टने संकेत गरेका हुन् ।

ट्रम्पले इरानमाथि थप आक्रमणको चेतावनी पनि दिएका छन् । उनले अमेरिकी सेना जत्तिको सँसारमा अर्को कुनै सेना नभएको समेत बताए ।

यसअघि निर्वासनमा रहेका इरानका पूर्व युवराज रेजा पल्लवीले सत्तामा फर्कने संकेत गरेका थिए । उनले इरानका जनतालाई भविष्यमा मिलेर देश बनाउने भिडियो सन्देश पनि दिएका छन् ।

उता इरानलाई साथ दिदै आएको रुसमा सत्ता पल्टन नदिने लबिङ चलिरहेको छ । रुसी जानकारहरुले इरानमा सत्ता पल्टिए रुस पनि भविष्यमा तारोमा पर्ने बताएका छन् ।

रुसी समर्थित सिरियाको बसर अल असद नेतृत्वको सत्ता पल्टिएको थियो । त्यसमा पनि अमेरिकी भूमिका रह्यो । असद रुसमा निर्वासित जीवन बिताइरहेका छन् ।

प्रतिक्रिया