उद्घाटन गरेको तीन घन्टा बित्दा पनि ग्वार्को फ्लाइओभर किन सञ्चालनमा आएन

काठमाडौं, ६ असार । ग्वार्को फ्लाइओभरको निर्माण जति ढिलो भयो र जनताले दुःख पाए त्यस्तै दुःख उद्घाटनपछि पनि पाए । फ्लाइओभर अपरान्ह चार बजे उद्घाटन भएपछि सञ्चालनमा आउने आशामा रहेका यात्रीहरुले ठूलो जामको सामना गर्नुपर्यो ।
साँझ ८ बज्दा पनि फ्लाइओभर सञ्चालनमा आउन सकेन । उद्घाटन ढिलोसम्म भयो र त्यसका लागि राखिएको टेन्ट निकाल्न समय लाग्यो ।
ट्राफिक प्रहरी फ्लाइओभरको दुवैतर्फ बसेर यातायात रोके । जसका कारण विगतमा भन्दा पनि बढी जाम भयो ग्वार्को क्षेत्रमा ।