५ असार २०८२, बिहिबार | June 20, 2025

इरान र पाकिस्तानको सामरिक समरूपता


913
Shares

विपिन देवः इरान-इजरायल र भारत-पाकिस्तानबीच भएको संग्रामले गर्दा दक्षिण एसिया र मध्य एसियामा तनाव चुलिएको छ । बढ्दो कट्टरपन्थी र तथाकथित इस्लामिकरणको कारणले गर्दा इरान र पाकिस्तानबीच सामरिक समरूपता देखिएको छ । ८० को दशकमा पाकिस्तानी सैनिक तानाशाह जियाउल हकले सैन्य सिद्धान्तमा इस्लामीकरणको प्रयोग गरेका थिए । तदनुरूप पाकिस्तानमा जैयसे मोहम्द, लसकरे ताइवा, तहरिके तालिवान जस्ता अनेकौं आतंकवादी लडाकाहरूको उत्पन्न र उत्पात सुरू भयो । पाकिस्तानी रणनीति अनुसार शत्रुमाथि प्रभाव र पकड बनाउन लडाका समूहहरूको प्रयोग गर्नु थियो । भारतमा भएको अनेकौं आक्रमण यही रणनीतिको प्रयोग रहेको थियो । भारतको संसदमा भवनमा भएको आक्रमण र मुम्बइमा भएको आक्रमण यसको प्रतिनिधि उदाहरणहरू हुन् ।

पाकिस्तानी सामरिक नीतिको पदचापमा नै ८० को दशकमा नै इरानले समेत तीनवटा खतरनाक लडाका समूहहरूको बागडोर सम्हालेको देखिन्छ । अर्थात् हमास, हुती र हिजबुल्लाको माध्यमबाट मध्य एसियामा इस्लामीकरणको नाममा आतंक र हिंसाको ताण्डव मच्चाउन इरानको सामरिक नीति रहेको छ । इतिहासको एक कालखण्डमा इरान सभ्यता र संस्कृतीको केन्द्र बिन्दु रहेको थियो । बढ्दो इस्लामीकरणले गर्दा इरानमा प्रजातन्त्र बन्दी भएको छ । अर्थतन्त्र सुन्य दशमलव तीन प्रतिशतमा रहेको छ । उर्जा र खनिज पर्दाथको धनी भएता पनि अमेरिकी नाकाबन्दीले गर्दा इरानको अर्थतन्त्र दिवालीयापनको संघारमा रहेको छ । इरान र पाकिस्तानमा धर्मगुरुहरूको शासन पद्धतिमा पूर्ण अधिकार रहेको छ । ८६ वर्षिय इरानी शासक आयातुल्ला खामीनी धर्मगुरु नै हुन् । पाकिस्तानका सैनिक मुखिया असिम मुनिर पनि हाफीजे कुरान नै हुन् ।
इजरायलले गरेको इरान माथिको आक्रमण र भारतले पाकिस्तान माथिको आक्रमणमा समेत समरुपता देखिएको छ । भारतको सैन्य कारबाहीको मुख्य उद्देश्य पाकिस्तानको वायु सुरक्षा प्रणालीलाई गर्नुको साथै आणविक अडामा निशाना बनाउनु रहेको थियो ।

इजरायलको उद्देश्य समेत इरानको आणविक भण्डारण र वायु सुरक्षा प्रणालीमा नै लक्षित रहेको थियो । क्षेत्रफलको हिसाबले इरान इजरायल भन्दा ७५ गुणा ठुला रहेको छ । जनसंख्याको हिसाबले इजरायलीहरू एक करोड भन्दा पनि कम रहेको छ । तर इरानीहरू ९ औं करोड भन्दा अधिक रहेको छ । आर्थिक सूचांक अनुसार निरन्तर युद्ध गर्दै गर्दा पनि इजरायलको विकास दर ३ दशमलव २ प्रतिशतको रहेको छ भने इरानी अर्थतन्त्र दिवालीयापनको संघारमा रहेको छ । सत्तरीको दशकदेखि नै इरानी संभ्रान्त वर्गहरू खुलासमाजको खोजीमा इजरायलको डान्स क्लबमा जाने गर्थे भने तत्कालीन समयमा लेबनानलाई समेत मध्य एसियाको पेरिस भन्ने गरिन्थ्यो । बढ्दो कट्टरपन्थले गर्दा मध्य एसियामा मानव स्वतन्त्रता अपहेलित भएको छ । इजरायलको इरान माथिको आक्रमणलाई मध्य एसियाका आर्थिक रुपले सम्पन्न राष्ट्रहरू समेत भत्र्सना गरेका छन् । तर सामरिक रूपले अमेरिकी सुरक्षा छातामा रहेका साउदी अरब, यू.ए.ई र कतार जस्ता समृद्ध मुलुकहरूलाई इरानको आणविक महत्वांकाक्षा पॉच्य भएको छैन । साउदी अरब र यू.ए.ई.ले आधुनिकिकरणको यात्रा आरम्भ गरिसकेको छ । अमेरिकी लगानीमा यू.ए.ई विश्वको सबभन्दा ठुलो तथ्याङ्क केन्द्र बन्ने घोषणा समेत भइसकेको छ । साउदी अरबमा पश्चिमा लगानी अभूतपूर्व रूपले बढिरहेको छ । यी पृष्ठभूमिमा इरानलाई सामरिक र आर्थिक रूपमा भरथेग गर्न मध्य एसियाका समृद्ध राष्ट्रहरू अगाडि बढ्ने कम सम्भावना देखिएको छ ।

इजरायलले इरान माथि आक्रमण गर्नु भन्दा पहिला हिजबुल्ला र हमास जस्ता लडाका समूहहरू निशाना बनाएको थियो । इजरायलको इरान प्रतिको नीतिलाई तीन भागमा विभक्त गर्न सकिन्छ । पहिलो नीति अनुरुप इरानद्वारा सञ्चालित र परिचालित लडाकाहरूलाई सिध्याउनु हो भने दोस्रो नीति अनुसार इरानका सुरक्षा प्रमुख लगायत आणविक अनुसन्धानमा कार्यरत वैज्ञानीकहरूलाई सखाप पार्नु हो । तेस्रो नीति अन्र्तगत इरानको आणविक संरचनालाई ध्वस्त पार्नु हो । इजरायल  २०० सैन्य गगनभेदी विमानद्वारा इरानको ३५ ठाउ‘मा निशाना बनाएका थिए । तीनै सैनिक प्रमुख लगायत मुर्धन्य वैज्ञानिकहरूलाई सखाप पार्न इजरायल सफल भए । ती मध्ये हुसेन सलामी, अली खरीद, अमीर अली, मोहम्द रजा, डा. आवासी, डा. तेहरानी प्रमुख हुने विश्व सैनिक इतिहासमा इजरायली खुपिया एजेन्सीले देखाएको चतुरता, सार्मथ्य र कार्यसम्पादन संसारको कुनै मुलुकको इतिहासको पानामा पढ्न पाइदैन । प्रतिउत्तर इरानले गरेको सैन्य कार्यवायले इजरायल समेत प्रभावित भएको छ ।

इजरायली प्रधानमन्त्री नितिन्याहुले इजरायल र इरानको संग्रामलाई अस्तित्वको लडाईसंग जोडेको छ भने पाकिस्तान भैm इरानले उक्त लडाईलाई इश्लामसंग जोडेको छ । इजरायल इरानको संग्रामले भू-राजनीति र भू-अर्थनीतिमा पर्ने असर नै आजको मौलिक प्रश्न रहेको छ । इरान र पाकिस्तानको शासन पद्धतिमा समरूपता भएता पनि कार्यशैलीमा विविधता देखिएको छ । इतिहासको कालखण्डमा पाकिस्तानले बारम्वार भारतबाट युद्धमा पराजित भएता पनि पाकिस्तानी जनतामा सैनिक शासकहरूले लघुताभासको भावना निर्माण हुन दिएको छैन । युद्धबाट पराजित भएता पनि पाकिस्तानी सैनिक शासकहरू महारथीबाट (फिल्ड मार्शल) आफुलाई अलंकृत गरेका छन् । ६० को दशकमा पाकिस्तानी सैनिक शासक अ‍ैयुव खानले आफुलाई पिल्ड मार्शलको घोषणा गरेका थिए भने अपरेशन सिन्दुर पश्चात पाकिस्तानी सैनिक शासक असीम मुनिरले आफुलाई सैनिक सर्वोच्व पद फिल्ड मार्सलको रूपमा घोषणा गरेका छन् ।

इरानलाई लगाम नलगाएको खण्डमा यसको मूल्य नेपालीहरूलाई समेत चुकाउनु पर्दछ । नेपाल उल्लेख्य संख्यामा मानव संशाधन साउदी अरब, कतार, इजरायल, कुवेत र अन्य खाडी मुलुकहरूमा रहेको छ । इरान आणविक सम्पन्न भएको खण्डमा मध्य एसियामा त्रासदीको वातावरण निर्माण हुनेछ । विगतका दिनमा समेत इरान साउदी अरेवीयामा आक्रमण गरेको इतिहास छ । यी पृष्टभूमिमा मानव मूल्य र मान्यताको आधारमा भू(राजनीतिक कित्ताकाटमा सभ्य समाजको हैसियतले प्रजातान्त्रिक पक्षमा उभिनु पर्ने आजको टड्कारो आवश्यकता रहेको छ । त्यही हाम्रो राष्ट्रवाद रहेको छ । जहा नेपाली छन् त्यही हाम्रो भावना जोडिएको छ । आतंकवाद र कट्टरपन्थ सभ्य समाजको उपहास रहेको छ ।

प्रतिक्रिया